छापा

असोज ५ देखि दसैंको अग्रिम टिकट बुकिङ खुल्ने

असोज १, २०७५

    काठमाडौं : बस व्यवसायीले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बिक्री खुला गर्ने भएका छन् ।

    यातायात ब्यवस्था विभाग र यातायात व्यवसायीबीच आइतबार भएको छलफलमा लामो दुरीमा चल्ने बसको अग्रिम टिकट विक्री असोज ५ देखि खुला गर्ने सहमति भएको खबर नागरिक दैनिकमा छ।

    यातायात ब्यवसायीले सवारी भाडा समायोजन र समितिका रोक्का बैंक खाता फुकुवा नगरेसम्म अग्रिम टिकट बुकिङ नगर्ने अडान राखेका थिए। तर छलफलका क्रममा विभागले माग सम्बोधन गरिदिने भएपछि अग्रिम टिकट बुकिङ गर्न व्यवसायी सहमत भएका हुन्।  त्यस्तै गोरखापत्र दैनिकमा बन्द रहेका २५४ वटा यायातयात समितिका खाता खोल्न विभागले पहल गर्ने सहमति भएको खबर छ। 

    नेपाल यातायात महासंघका महासचिव सरोज सिटौलाले भने ‘असोज ५ गतेबाछ अग्रिम टिकल खला गर्ने सहमति भएको छ, त्यसका लागि हामी तयार छां , भाडा समायोजन र खाता खोल्ने जिम्मा सरकारलाई दिएका छौं।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]