खेलकुद

एसिया कपमा पाकिस्तानको सहज जित

असोज १, २०७५

    एसिया कप क्रिकेटमा हङकङमाथि पाकिस्तानले ८ विकेटको सहज जित निकालेको छ। युएईमा जारी एसिया कप क्रिकेटमा उपाधि दाबेदार पाकिस्तानले विजयी सुरुवात गरेको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा हङकङले दिएको ११७ रनको लक्ष्य पाकिस्तानले २३ ओभर ४ बलमा २ विकेट गुमाएर पुरा गरेको थियो।

    पाकिस्तानको जितमा इमाम उल हकले अविजित ५० रनको अर्धशतकीय इनिङस् खेले।  यस्तै बाबर आजमले ३३ तथा फकर जमानले २४ रन जोडे। हङकङविरुद्ध ३३ रन बनाएसंगै आजमले एकदिवसीय क्रिकेटमा करियरको २ हजार रन पुरा गरेका छन्। उनले ४५ खेलमा २ हजार रन पुरा गरेका हुन्।

    पाकिस्तानविरुद्ध हङकङका इसान खानले २ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ३७ ओभर १ बलमा अलआउट हुँदै ११६ रनमा समेटिएको थियो।हङकङका लागि अजिज खानले २७, किनचिट साहले २६ तथा कप्तान अन्सुमान रथले १९ रन जोडे। 

    हङकङलाई सस्तैमा समेट्न पाकिस्तानका उस्मान खानले ३ तथा हसन अली र शहदाब खानले २–२ विकेट लिए। जितसंगै समूह एमा पाकिस्तानले महत्वपूर्ण २ अंक जोडेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]