काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटव...
उखु किसानलाई राहत
काठमाडौं : सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ। आइतबार राति बसेको मन्त्रिपरिषद्को बैठकले झापाका खरेललाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए।
खरेललाई भदौ २९ गते राति बसेको मन्त्रिपरिषद् बैठकले निगमको सदस्यमा मनोनित गरेको थियो। विगतमा पनि प्रवन्ध निर्देशक बनेका उनले कार्यकाल पूरा नहुँदै राजीनामा दिएका थिए। पर्यटन सचिवलाई निगमबाट हटाएर खरेललाई सदस्यमा नियुक्त गरिएको थियो।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको छ। आन्तरिक उखु उत्पादक किसानलाई सहयोग पुग्नेगरी मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्षका लागि एक लाख टन चिनीको कोटा निर्धारण गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।
बैठकले नेपालको संविधानको धारा २७७ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट प्रकारको योगदान पुर्याउने विभिन्न व्यक्तिलाई विभूषित गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ।
बैठकले मुलुकी फौजदारी (अपराध) संहिताको अनुसूची हेरफेर गरी सबै प्रकारका ठगी मुद्दाको बादी नेपाल सरकार हुने गरी संशोधन गरेको छ।
त्यस्तै नेपालगञ्जको खजुरामा रहेको कपास विकास समितिको नाम परिवर्तन गरी राष्ट्रिय कपास विकास समिति बनाउने निर्णय गरेको छ।
सम्बन्धित समाचार :
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।