समाज : मिडिया

सञ्चारमन्त्रीका सल्लाहकारले झुक्याए

असार १०, २०७३

    काठमाडौं : सूचना तथा सञ्चारमन्त्रालयका प्रेस सल्लाहकार मातृका पौडेलले बिहीबार राजीनामा दिए। उनको राजीनामाको कारण सरकारले हालै जारी गरेको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिकाप्रति उनको असन्तुष्टि हो भनेर समाचारहरु सार्वजनिक भए। 

    निर्देशिका बनाउँदा आफूसँग ‘समन्वय नगरिएको’ र आफूलाई ‘पूर्णतः बाइपास गरिएको’ ले राजीनामा दिएको पौडेलले थाहाखबरलाई बताएका थिए। अनलाइनखबर, रातोपाटी, हिमालखबर, नयाँपेज, हाम्राकुरा, लोकान्तर लगायत धेरै अनलाइन पोर्टलसँग पनि उनले निर्देशिका बनाउँदा आफूसँग समन्वय नगरिएकोले राजीनामा दिएको बताएका थिए। 

    तर उनको यो दाबी झुटो ठहरिएको छ।

    मन्त्रिपरिषदले गत जेठ ३१ गते अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ जारी गरेको थियो। सरकारले निर्देशिका जारी गरेको भोलिपल्ट सञ्चार मन्त्रालयका सल्लाहकार पौडेलले माइक्रोब्लगिङ ट्विटरमा निर्देशिकाको पक्षमा लेखेका छन्।

    निर्देशिका जारी भएको भोलिपल्ट उनले गरेका ट्विटः

    अनलाइन पत्रकारितालाइ जिम्मेवार,मर्यादित र प्रेस काउन्सिलको दायरामा ल्याउन सरकारले निर्देशिका पारित गरेकोछ!अब ब्लग र अनलाइन पत्रिका छुट्टिन्छ

    — Matrika Poudel (@matrikas) June 14, 2016

    सूचना बिभागमा दर्ता भएको अनलाइनले मात्र सरकारी सुबिधा सहित सबै कानुन पत्रपत्रिका सरह लाग्नेछ,ब्लगहरुको सन्दर्भमा cyber law आकर्षित हुन्छ

    — Matrika Poudel (@matrikas) June 14, 2016

    जारी भएको १० दिनपछिमात्र निर्देशिका बनाउँदा आफूसँग समन्वय नगरिएकोले राजीनामा दिएको भन्ने पौडेलको दाबी निर्देशिका जारी भएको भोलिपल्ट उनले गरेका ट्विटले नै खण्डन गरेनन् र? 

रविराज बराल

बराल २०७३ जेठदेखि २०७४ साउनसम्म थाहा खबरमा कार्यरत थिए।

इमेलः [email protected]

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • santosh santosh journalist

    राजधानीमा शुक्रबार आयोजित समाज रुपान्तरणमा सञ्चारमाध्यमको भूमिका बिषयक अन्तक्र्रियामा सञ्चार सचिव दिनेश कुमार थपलियाले मातृका पौडेलको नाम नै तोकेर उनले राजनीतिक डरका कारण राजीनामा दिएको बताएका छन् । थपलियाले भने , पौडेले जीको सल्लाहमा अनलाईन निर्देशिका बनाइएको थियो , तर उहाले त्यहाबाट पञ्छीन राजीनामा दिनुभएछ , यो कुरा मलाई पूर्व मुख्यसचिवले बिहानै फोन गरेर कुरा के हो सञ्चारमन्त्रीका सल्लाहकारले राजनीमा दिएछन् भनेपछि थाहा भयो । म बिदेशमा भएका बेला यो निर्देशीका तयार भएपनि यसको नैतिक जिम्मेवारी मैले लिनैपर्छ । उनले थपे यस बिषयमा म आफै अलमलमा छु ।

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    सुमार्गी बी कम्प्लेक्स
    बबरमहल- ११, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: इमेल[email protected]
    फोन : ९७७-१- ४२६१९४१
    बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
    ९८५१०७६३३६(सञ्जय नेपाल)
    इमेल: [email protected]

    हाम्रो बारेमा

    प्रधान सम्पादक: तीर्थ कोइराला
    सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

    [विस्तृत]