राजनीति

प्रधानमन्त्री र कांग्रेसको छलफल लम्बिँदा संसद बैठक स्थगित

असार १०, २०७३

    काठमाडौं : भूकम्प पीडितलाई एकमुष्ठ दुई लाख रुपैयाँ दिने विषयमा प्रधानमन्त्रीको प्रतिबद्धता नआएको भन्दै कांग्रेसले अवरुद्ध गरेको संसद बैठक बस्दै नबसी स्थगित भएको छ। 

    बिहान ११ बजे बोलाइएको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी थियो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ‘भाषणमात्र सुन्न बैठक सञ्चालन गर्न नदिने’ भन्दै अवरोध गरेपछि संसद बैठक १ बजेका लागि सारियो। 

    यसबीचमा प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षीलाई सहमत गराउन संसद भवनमै छलफल आयोजना गरे। करिब साढे १ घण्टा सत्तारुढ एमाले र कांग्रेसका नेताबीच छलफल चलेको थियो। बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्रीले सत्तारुढ नेकपा माओवादी केन्द्रका नेतासँग छलफल गरेका थिए।

    व्यवस्थापिका संसदको नियमावलीको नियम ६ मा दुई घण्टासम्म बैठक नबसे उक्त बैठक स्थगित हुने प्रावधान भएकोले यही बीचमा संसद बैठक स्वत: स्थगित भयो। संसदको अर्को बैठक आउँदो आइतबार ११ बजे तोकिएको छ।

    कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महतले ‘दुई लाख दिने प्रतिबद्धता नआएसम्म बैठक चल्न नदिने’ बताए।  ‘प्रधानमन्त्रीको भाषण सुन्नमात्र बैठक बस्नु औचित्यहीन छ’, उनले भने।

    कानुन मन्त्री अग्नि खरेलले भने पूर्ववर्ती कांग्रेस सरकारले बनाएको नियमकै कारण एकमुष्ट रकम दिन नियमावलीले रोकेको बताए। उनले कांग्रेस नेतृत्वको सरकारले ल्याएको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका आवास पुनर्निर्माण अनुदान सहायता कार्यविधिमा भूकम्प पीडितलाई एकमुष्ट अनुदान दिन नमिल्ने व्यवस्था रहेको औल्याए। ‘कांग्रेस सरकारले बनाएको नियमकै कारण पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिन नसकिएको हो’, कानुनमन्त्री खरेलले भने।

    कानुनमन्त्री खरेलले भनेको कार्यविधिको अनुसुची १ मा यस्तो छ व्यवस्था : 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]