समाज

धनुषामा रहस्यमयी अवस्थामा एक महिलाको शव फेला

कात्तिक २०, २०७३

    गोविन्द महतो

    जनकपुरधाम : धनुषामा एक महिलाको शव रहस्यमयी अवस्थामा फेला परेको छ। धनुषाको उत्तरवर्ती क्षेत्र लक्ष्मीनिवासमा महोत्तरी बर्दिवास घर भएकी एक महिलाको शव रहस्यमय अवस्थामा भेटिएको हो। 

    लक्ष्मीनिवास-७ स्थित बडहडी खोला किनारको छेउमा तिल खेतमा महोत्तरीको बर्दिबास-८ किसाननगरीकी ३० वर्षीया उशा देवी महतोको शव शुक्रबार साँझ फेला परेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। 

    चार दिन देखि वेपत्ता दुई छोराकी आमा उशा देवीको रहस्यमय मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरी जनाएको छ। आशादेवीको श्रीमती दुई वर्षदेखि वैदेशिक रोजगारीको क्रममा मलेसियामा छन्। महोत्तरीको पशुपतिनगर वडा नं. ४ मा मृतक महतोको माईती रहेको छ। 

    शरीरमा कुनै प्रकारको डाम नदेखिएकोले मृत्यु रहस्यमय भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उशा देवीको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मनोज कुमार यादवले जनाएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]