काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा जोड दिएका छन्। निजी क्षेत्रलाई विश्वासमा नलिएसम्...
काठमाडौं : सेयर बजार १८ अंकले वृद्धि भई एक हजार ६८४ विन्दुमा पुगेको छ। बजार खुल्ने बित्तिकै चम्किएको नेप्से २२ अंकले वृद्धि भई एक हजार ६८८ विन्दुमा पुगेको थियो। तर बजार बन्द हुनु अगाडि नेप्से पुग्नः घटेर एक हजार ६८४ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ।
आज सबैभन्दा बढी कारोबार स्टयान्डर्ड चार्टर्ड बैंक लिमिटेडको रु तीन हजार ७७० मूल्यमा कारोबार भयो भने एभरेष्ट बैंक लिमिटेडको तीन हजार ४१०, एसबीआइको रु एक हजार ८८९ मूल्यमा कारोबार भयो। बैकिङ समूह शक्तिशाली बन्दा सेयर बजारको परिसूचक बढेको हो। सो समूह ३३ अंकले वृद्धि भयो भने बिमा र जलविद्युत् समूह ओर्लिए। तर त्यसले बजारलाई खासै प्रभाव पारेन। स्टकका अनुसार बिमा ३०, जलविद्युत् ९, उत्पादन समूह ३६ र होटल समूह १० अंकले घटेको छ।
बिमा समूहको सबैभन्दा बढी अर्थात् रु ९१ करोड बराबरको सेयर कारोबार भयो भने वाणिज्य बैंकको रु ४६ करोडमा सीमित भयो। आज लुम्बिनी जनरल इन्स्योरेन्सेको रु ११ करोड २२ लाख मूल्यको सेयर खरिद किक्री भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।