समाज : सुरक्षा/अपराध

प्रतिबन्धित लागुऔषधसहित पाँच पक्राउ

माघ ५, २०७५

    जनकपुरधाम : धनुषा र बारा जिल्लाबाट प्रहरीले पाँच जनालाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ। धनुषाको सीमावर्ती क्षेत्र धनौजी गाउँपालिका वडा नं. ४ को प्रहरी चौकी अगाडिबाटै टेम्पो चेकजाँचको क्रममा तीन जनालाई लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेहरुमा धनुषाको मिथिला नगरपालिका वडा नं. २ घर भएका टेम्पो चालक १६ वर्षीय विक्रम मेस्तर तथा उक्त टेम्पोमा सवार सोही स्थान बस्ने १७ वर्षिय जितेन्द्र कुमार महतो र जिल्ला धनुषा छिरेश्वरनाथ नगरपालिका वडा नं. ५ बस्ने १९ वर्षीय महमद नुर खाँ रहेको प्रहरीले जनाएको छ।

    भारतबाट नेपालतर्फ आउँदै गरेको ज१ह २७७९ नम्बरको टेम्पो चेकजाचँको क्रममा खटिएको चेकिङ टोलीले चालकको सिटमुनि लुकाई छिपाई राखेको ३०० पिस नाईट्रोभ्याट ट्यावलेटसहित उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। लागुऔषध, टेम्पो तथा चालकलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

    यसैगरी, बारा जिल्लाको जितपुर सिमरा उप–महानगरपालिका वडा नं. २१ अमलेखगन्जबाट दुई जनालाई लागुऔषधसहित पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय अमलेखगंजका अगाडि खटिएको चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा बीरगञ्जबाट काठमाण्डौ तर्फ जादै गरेको मे६प ६२२२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा दुई जनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरुमा मोटरसाइकल चालक झापा जिल्ला मेचीनगर नगरपालिका वडा नं. १० घर भएका २२ बर्षिय सुदिप पाण्डे र पछाडि सवार धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नं. ४ बस्ने २२ बर्षिय नबराज भुजेल रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। उनीहरुको साथबाट ६० पिस फेनारगन टिटी लागुऔषध बरामद गरी मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]