काठमाडौं : पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ। गएराति जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने मिथिला नगरपालि...
चितवन : सामाजिक अभियान वे ग्रुपले सञ्चालन गरेको हस्ताक्षर संकलन अभियानमा फोहोर नगर्ने प्रतिवद्धतासहित १२ हजार जनाले हस्ताक्षर गरेका छन्। पुस २५ गत्तेदेखि माघ ४ गत्तेसम्म आयोजित १२ औँ चितवन महोत्सवमा स्टल राखेर हस्ताक्षर संकलन गरिएको हो।
विगत साढे २ वर्षदेखि चितवनको विभिन्न स्थानमा सरसफाई अभियान सञ्चालन गर्दै आएको सामाजिक अभियान वे ग्रुपले धरै मानिसमा सरसफाईसम्बन्धी जानकारी पुर्याउने उद्देश्यका साथ महोत्सवमा हस्ताक्षर अभियान सञ्चालन गरेको थियो। अभियान्ता भोजनारायण कँडेलले संकलित हस्ताक्षर भरतपुर महानगरपालिमा बुझाउने बताए।
अभियानले आम नागरिकमा सरसफाईबारे जनचेतना पुग्ने र संकलित हस्ताक्षर बुझाउँदा महानगरको थप ध्यानाकर्षण हुने अभियान्ताको बुझाई छ। यस ग्रुपले जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था र टोल सुधार समितिसँग मिलेर बजार क्षेत्र तथा नदी किनारमा रहेका फोहोर नियमित रुपमा सरसफाई गर्दै आएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।