समाज

पर्यटकीय क्षेत्र भम्केपानीमा थारू संस्कृतिका विविध रूप

माघ ५, २०७५

    कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ८ र ९मा पर्ने पर्यटकीय क्षेत्र भम्केपानीमा शनिवार परम्परागत थारू संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिएका छन। थारू समुदायका हराउँदै गएको संस्कृति जगेर्ना गर्ने उद्देश्यले वडघर समितिले आयोजना गरेको माघी मिलन कार्यक्रममा एकै ठाउमा विविध विधाका थारू संस्कृति संग सम्बन्धित नृत्य तथा हराउँदै गएका गीतहरु प्रस्तुत गरिएका हुन्।

    रंगी विरंगी परम्परागत पहिरनमा सजिएका थारू युवतीहरुले दिन नचुवा, मघौटा, छोक्रा, सखिया लगायतका नृत्यहरु देखाएका छन। ती नृत्यहरु गुरुवाले तान्त्रीक विधिको आयोजना पश्चात देखाईएका हुन। नृत्य संग सम्बन्धित ओझेलमा परेका गीतहरु ज्‍येष्ठ थारू समुदायका अगुवाहरुले आफनै शैलीमा गायन गरि दर्शकहरुको मन जितेका छन्।

    थारू संस्कृति संग सम्बन्धित सबै नृत्य र गीत बारे जानकारी लिन आएका राष्ट्रीय थारू कलाकार मनीराम करिया मघरीया र सुनीता चौधरीले समेत बुढापाकाहरुले आफनै शैलीमा गीत पस्कन थालेपछि कलाकार द्धयले समेत मन थाम्न सकेनन्। दुवै जनाले  समाज परिवर्तन र समसामयीक राजनीतिक व्यंग कस्ने थारू भाषाका गीहरु गाएर श्रोतालाई मनोरञ्ज दिएका छन।

    थारू परम्परागत गीत र नृत्य हेर्न पुगेका थारू कलाकार मनिरामले खोज्दै हिडेको संस्कृति भम्केपानीमा फेला पारेको बताए। थारू संस्कृति संग सम्बन्धित नृत्य र गीत एकै थलोमा हेर्ने र सिक्ने अवसर पाएको छु उनले भने, ‘थारू संस्कृतिको बेजोड संगम रहेको कार्यक्रम बाट युवाहरुले संस्कृति जगेर्ना गर्नमा योगदान दिने छन्।’

     चाडपर्व र विवाहमा थारू समुदायका युवा युवतीहरुले थारू पहिरन र आभूषण लगाई दिए पनि थारू संस्कृति जोगिन मद्दत पुग्ने उनले बताए। थारू अगुवा भागिराम चौधरीले थारू समुदायको हराउदै गएको पहिरन, चालचलन, संस्कृति संग सम्बन्धित गीत र नृत्यहरु एकै थलोमा देखाएर युवा पीढिलाई सिक्ने अबसर प्रदान गरिएको उनले बताए।

    कार्यक्रमका माध्म बाट लोप हुदै गइरहेको थारू समुदायको पहिचान बोकेको संस्कृति जोगाउने जिम्मा युवाहरुको काँधमा आएको बताए। नगरपालीकाको वडा नं ८का अध्यक्ष बहादुर सिंह महराले संस्कृति सबैको साझा भएकाले यसको जगेर्ना गर्नु सबैको दायित्व रहेको बताए । संस्कृति जोगाउन सके मात्रै समुदायको पहिचान झल्कीने भएकाले यसका लागि सबैको हातेमालो आवश्यक रहेको उनल बताए।

    थारू समुदायको चालचलन, संस्कृति, पेशा, नृत्य, पहिरन, आभूष बारे भावि पुस्ताका युवा पीढिलाई जानकारी दिन पर्यटकीय क्षेत्र भम्केपानीमा थारू संग्रहालय स्थापना भैसकेकाले चाडै संस्कृति संग सम्बन्धित बस्तुको जोहो गरी राख्न लागेको उनको भनाई रहेको छ। 

    अर्का वडा नं ९ का वडा अध्यक्ष रमेश बहादुर ऐरले थारू संस्कृति जोगाउनका लागि नगरपालीकाले योजनावद्ध रुपमा कार्य अगाडी बढाउने बताए। थारू समुदाय सीप, कला र संस्कृतिको धनी रहेकाले यस बाट ग्रामीण पर्यटनलाई बढावा दिन सकिने भएकाले नगरपालीका यसका लागि नयाँ कार्यक्रम सहित प्रस्तुत हुने उनले बताए।

    परम्परागत थारू संस्कृति हेर्न पुगेका पाहुनाहरुलाई थारू समुदायका महिलाहरुले बंगुरको मासु, कुखुराको मासु, अन्तिको चामल बाट बनेको विशेष परिकार ढिक्री, माछा, गंगटा, मुसाको अचार, घोंगी लगायतका परिकार पस्केर स्वागत गरेका थिए। नृत्यले गीतको गहिराई बुझेपछि थारू युवा युवतीहरु संस्कृतिले पहिचान जोगाउने भएकाले यसको संरक्षणमा लाग्ने बचनवद्धता गरेका छन्।

राजेन्द्र पनेरु

पनेरु थाहा खबरका कञ्चनपुर समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]