राजनीति

न्यूनतम पारिश्रमिक कार्यान्वयन गरेरै छोड्छु : मन्त्री बाँस्कोटा

माघ ५, २०७५

    भक्तपुर : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले पत्रकारका लागि प्रदान गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गरेरै छाड्ने बताएका छन्। नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २१ साधारणसभालाई सम्बोधन गर्दै शनिबार सानादेखि ठूला सञ्चार माध्यममा काम गर्ने पत्रकारका साथै सञ्चार माध्यममा काम गर्ने कर्मचारीहरूको समेत न्यूनतम पारिश्रमिक कार्यान्वयन गरेरै छाड्ने बताएका हुन्।

    मन्त्री बाँस्कोटाले पत्रकारले विकासको पाटोलाई अगाडि बढाउन राजनीतिक कार्यकर्ता नभई पत्रकार भएर काम गर्नुपर्नेमा जोड दिए। उनले कुनै पनि पेशामा आवद्ध पेशाकर्मीले आफ्नो पेशालाई निरन्तरता दिनुपर्ने भन्दै राजनीति गर्ने भए राजनीतिलाई नै आत्मसाथ गरी सो तत्काल पेशा परित्याग गर्न आग्रह समेत गरे।
    मन्त्री बाँस्कोटाले सरकारले पत्रकारका लागि वृत्ति विकासका लागि तीन करोडको कोष स्थापना गरेको र त्यसलाई पाँच करोड पुर्‍याउने लक्ष्य रहेको जानकारी दिए। त्यसैगरी सरकारले समानुपातिक बिज्ञापन कार्यान्वयन गर्नुका साथै बिज्ञापनको डबिङ नभई बिज्ञापन नै नेपालीमै उत्पादन गरिनु पर्नेमा जोड दिए। 

    नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले न्यूनतम पारिश्रमिक कार्यान्वयन नभए महासंघले आन्दोलनको स्वरुप अघि बढाउने चेतावनी दिँदै उनले भने बिज्ञापनमा देखिएको एकाधिकार तोड्दै समानुपातिक प्रणाली लागू गर्नु पर्नेमा जोड दिए। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले न्यूनतम पारिश्रमिक कार्यान्वयन नभए महासंघले आन्दोलनको स्वरुप अघि बढाउने बताए। उनले बिज्ञापनमा देखिएको एकाधिकार तोड्दै समानुपातिक प्रणाली लागू गर्नु पर्नेमा जोड दिए।

    प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको पत्रकारिताको पक्षलाई अध्ययन गरी त्यसबाट नेपाली राजनीतिले सिको गर्नुपर्ने बताए। उनले डा केसीको अनशन हचुवा र हावादारी भएको बताउँदै शत प्रतिशत सत्य भए यस अघिको सरकारले किन सम्बोधन नगरेको भन्ने प्रति प्रश्न गरे। उनले वाइड बडी प्रकरण जसरी चर्चामा आएको थियो, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम जोडिएसँगै सो प्रकरण सेलाएकोे पनि आरोप लगाए।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दिलिप थापामगर जिल्ला समन्य समिति भक्तपुरका प्रमुख नवराज गेलाल, नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा लगायतले सञ्चार क्षेत्रको विकासमा सरोकारवालाहरुको ध्यान जानु पर्ने र सरकारले सञ्चार क्षेत्रमा लगाउन खोजेको अंकुशतर्फ बेलैमा पुन :अवलोकन गर्नु पर्नेमा जोड दिए।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरले स्थापना गरेको स्व. मैयादेवी शिल्पकार पत्रकारिता पुरस्कारबाट कान्तिपुर टेलिभिजनका पत्रकार नारायणसुन्दर किलम्बुलाई सम्मान गरेको छ। मन्त्रीले कार्यक्रमको अवसरमा भक्तपुरको पत्रकारिता स्मारिका विमोचन समेत गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]