अर्थ

तीन मन्त्रालयमै ४० प्रतिशत बजेट 'होल्ड', जसको औसत खर्चसमेत भएन

सवा पाँच खर्बको बजेटमा छ महिनामा २१ प्रतिशतमात्रै खर्च

माघ ५, २०७५

    काठमाडौं : चालु आर्थिक वर्षमा विनीयोजित बजेटको अंक हेर्ने हो भने तीन वटा मन्त्रालयको आधा हिस्सा रहेको छ। दुईवटा मन्त्रालय खर्च गर्ने मात्रै नभई समयमा खर्च गर्नको लागि ताकेता पनि गर्ने गर्छन्। औषत खर्चको तुलनामा पनि यी तीन मन्त्रालयको खर्च भने न्यून देखिएको छ।

    चालु आर्थिक वर्षको छ महिना सकिँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थमन्त्रालय अर्थमन्त्रालयअन्तर्गतका अन्य चार शीर्षकमा राखिएको बजेट र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु र पुँजीगत तथा वित्तीय व्यवस्थापन गरी एक खर्ब नौ अर्ब रुपैयाँ मात्रै बजेट खर्च गर्न सकेका छन्। यी तीन मन्त्रालयमा छुट्टाइको बजेटको जम्मा २१ प्रतिशत हो। जवकी औषत खर्च २८ प्रतिशत रहेको छ।

    तोकिएको खर्चको तुलनामा चालु खर्च बढी छ भने पुँजीगत खर्च भने अत्यन्तै कम रहेको छ। एक खर्ब नौ अर्ब रुपैयाँमध्ये पूराना योजना तथा कर्मचारीको तलबभत्ता खर्च हुने चालु ५९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने नयाँ आयोजनाको लागि गरिने खर्च ४१ अर्ब रुपैयाँ मात्रै रहेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थमन्त्रालय समयमै खर्च गर्नको लागि अन्य मन्त्रालयलहरूलाई ताकेतासमेत गरेका छन्। तर यी मन्त्रालय स्वयमको खर्च स्थिति सन्तोषजनक नरहेको तथ्यांकले देखाउँछ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयको लागि यो वर्ष एक खर्ब ५६ अर्ब  २८ करोड रुपैयाँ रकम विनीयोजन गरिएको छ। छ महिनाको अवधिमा ३५ अर्ब ४८ करोड रकम खर्च भएको छ। जम्मा रकमको २२ प्रतिशत हो।

    चालु खर्चतर्फ यो कार्यालयलाई ९७ अर्ब ३९ करोड रुपैयाँ छुट्टाइएको थियो। जसमा छ महिनाको अवधिमा २४ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको छ। जम्मा चालु खर्चमा छ महिनाको खर्च प्रगति २५ प्रतिशत रहेको छ।

    पुँजीगत र वित्तीय व्यवस्थापन तर्फ ५८ अर्ब ८८ करोड रुपैयाँ विनीयोजन गरिएकोमा छ महिनाको अवधिमा १० अर्ब ५८ करोड रुपैयाँ खर्च भएको छ। यो छुट्टाइएको पुँजीगत खर्चको जम्मा १७ प्रतिशत हो।

    अर्थमन्त्रालय

    अर्थमन्त्रालय अन्तर्गतका अन्य चार शीर्षक र अर्थमन्त्रालय गरी यो मन्त्रालयको बजेट १९ प्रतिशत रहेको छ। अर्थमन्त्रालयको उपशीर्षक संकेत नम्बर ३०५ अन्तर्गत १९ अर्ब २८ करोड बजेट छुट्टाइएको छ। त्यस्तै, यसमा १२ अर्ब ५४ करोड चालु र ६ अर्ब ७३ करोड पुँजीगत तथा वित्तीय व्यवस्थापन रहेको छ।

    त्यस्तै, अर्थमन्त्रालय वित्तीय व्यवस्थापन अर्थ उपशीर्षक संकेन नम्बर ५०१ मा चालु खर्चअन्तर्गत नै ९५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। अर्थमन्त्रालय वैदेशिक ऋण तथा भुक्तानी बहुपक्षीय संकेत नम्बर ५०३ अन्तर्गत चालुतर्फ एक करोड रुपैयाँ रहेको छ भने अर्थ मन्त्रालय कर्मचारी सुविधा तथा सेवानिवृत्तअन्तर्गत चालुतर्फ नै ६१ अर्ब रुपैयाँ रहेको छ। त्यस्तै संकेत नम्बर ६०२ विभिद शीर्षकमा ७० अर्ब दुई करोड रहेको छ, जसको ४१ अर्ब ८० करोड चालु र  २८ अर्ब २२ पुँजीगत खर्च भएको छ।

    अर्थ मन्त्रालय र यसअन्तर्गतका शीर्षकमा छुट्याइएको बजेट दुई खर्ब ५७ अर्बमध्ये छ महिनाको अवधिमा ४४ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ। छुट्याइएको बजेटमा १७ प्रतिशत मात्रै हो। छ महिनामा सरकारले औषत खर्च गरेको तुलनामा समेत ११ प्रतिशत कम देखिन्छ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षको छ महिनाको २७ अर्ब ६५ करोड रुपैयाँ खर्च गरेको छ। यो विनीयोजित बजेटको तुलनामा २७ प्रतिशत मात्रै हो। यो मन्त्रालयले जम्मा सरकारको औषत बराबरको खर्च भएको छ।

    चालु खर्च सात अर्ब ६८ करोड रहेकोमा छ महिनाको अवधिमा पाँच अर्ब ४७ करोड अर्थात् तोकिएको बजेटको तुलनामा ७१ प्रतिशत रकम खर्च गरिसकेको छ भने पुँजीगत तथा वित्तीय व्यवस्थापन खर्च भने न्यून देखिन्छ।

    पुँजीगत र वित्तीय व्यवस्थापन गरी जम्मा चार खर्ब ११ अर्बको बजेटमध्ये २२ प्रतिशत अर्थात् ९३ अर्ब ७२ करोड रुपैयाँ बजेट यो मन्त्रालयको छ। खर्च भने छ महिनाको अवधिमा २२ अर्ब १७ करोड रुपैयाँ गरेको छ। औषत खर्च स्थिति हेर्दा चालु र पुँजीगत दुवैतर्फ औषत खर्चको तुलनामा यो मन्त्रालयको खर्च अघि रहे पनि लक्ष्य अनुसारको खर्च भने गर्न सकेको छैन। विनीयोजन गरेको पुँजीगत खर्चमा २३ प्रतिशतमात्रै छ महिनाको अवधिमा खर्च भएको छ।

भागवत भट्टराई

भागवत भट्टराई 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]