समाज

नेपालका वन्यजन्तु भारत हुँदै बंगलादेश तस्करी, चितुवाको छालासहित दुई नेपाली भारतमा पक्राउ

माघ ५, २०७५

    भद्रपुर, (झापा) : पूर्वी नेपालको झापाबाट भारत हुँदै तेस्रो मुलुक बंगलादेशतर्फ नेपालका वन्यजन्तुको तस्करी हुने घटना सार्वजनिक भएको छ। झापाको काँकडभिट्टा नाकाबाट भारततर्फ तस्करी भएको चितुवाको छालासहित दुई नेपाली नागरिकलाई पक्राउ गरेपछि यस्तो घटना सार्वजनिक भएको हो। 

    भारतीय प्रहरी र वन विभागको संयुक्त गस्ती टोलीले विशेष सूचनाको आधारमा शनिवार दिउँसो नेपाल–भारतको सीमावर्ती बजार पश्चिम बंगालको पानीटंयाकीबाट उनीहरूलाई ६ फिट चितुवाको छालासहित पक्राउ गरेको बैकुण्ठपुर वन विभाग अन्तरगतको विशेष टास्क फोर्स बेलाकोबाका रेञ्जर संजय दत्तले जानकारी दिए।

    पक्राउ पर्ने मुकुन्द पोखरेल र ज्ञानु प्रधान रहेको उनले बताए। पक्राउ परेका दुवै जना नेपाली नागरिक भए पनि स्थायी ठेगाना भए खुलाइएको छैन। वन विभागले उनीहरूमाथि प्रारम्भिक अनुसन्धान गर्दा उनीहरूले सो चितुवाको छाला नेपालबाट ल्याएको र भारत हुँदै बंगलादेश पठाउन लागेको खुलेको रेञ्जर दत्तको भनाई छ।पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि शनिबार नै अदालत पेस गरिसकेको जनाइएको छ। 

    यता भारतमा चितुवाको छालासहित दुई नेपाली नागरिक पक्राउ परेपछि झापाबाट वन्यजन्तुको तस्करी हुने घटनाले झापाका प्रहरी प्रशासनमाथि प्रश्न चिन्ह खडा भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]