पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले चिकित्सा शिक्षा सुधारको लागि १६औँ सत्याग्रहमा बसेका चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
पूर्वराष्ट्रपति यादव शनिबार अपराह्न ३:३० बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आसियुमा पुगेर डा. केसीको स्वास्थ्य अवस्थाबार जानकारी लिएका थिए। उनले डा केसीको सत्याग्रहका बारेमा पनि चासो राखेका थिए। डा. केसी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आफूसँग पूर्वसहमतिअनुसार पारित गर्नुपर्ने माग राख्दै इलामबाट अनशन सुरु गरेका थिए। उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई शुक्रबार बिहान शिक्षण अस्पतालमा ल्याइएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।