काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तथ्यमा आधारित सत्य समाचार संप्रेषण गर्न पत्रकारलाई आग्रह गरेका छन्। अनुमानको भरका आफ्नै बारेमा समाचार आएको भन्दै नेता नेपालले पत्रकारलाई तथ्यमा आधारित सत्य समाचार संप्रेषणका लागि आग्रह गरेका हुन्।
सम्पादक समाज नेपालले नुवाकोटमा शनिबार गरेको गोविन्द वियोगी पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान कार्यक्रममा नेता नेतालले वाइडवडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीलाई आफूले कारवाही गर्नु पर्ने बताएको भनेर गलत समाचार संप्रेषण भएको बताए। उनले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच फाटो ल्याउने काममा पत्रकार लागेको भन्दै यस्ता गलत समाचार दिनेले भ्रम फैलाएको समेत बताए।
नेता नेपालले सम्पादक समाज नेपालले प्रदान गरेको गोविन्द वियोगी पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्टका प्रधान सम्पादक हरिबहादुर थापालाई हस्ताण्तरण गरे। पुरस्कारको राशी २५ हजार १ रुपैयाँ रहेको छ। यस्तै १५ हजार १ रुपैयाँ राशीको वियोगी विशेष पत्रकारिता पुरस्कार इमेज च्यानलका समाचार सम्पादक डिल्ली बसेललाई हस्तान्तरण गरिएको छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले वरिष्ठ पत्रकार सम्मान हरिहर विरही र रघुजी पन्तलाई प्रदान गरेका हुन्। सम्पादक समाज नेपालले २०६२ सालदेखि हरेक वर्ष स्वर्गीय गोविन्द वियोगी पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान प्रदान गर्दै आएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।