काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महेन्द्रराय यादवलाई दिने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा शनिबार बसेको बैठकले चक्रीय प्रणालीअनुसार यही माघ ६ गतेदेखि अध्यक्ष मण्डलका सदस्य यादवलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले जानकारी दिए।
बैठकले शहीद परिवारलाई सहयोग गर्न शहीदको सम्मानस्वरुप बलिदानी दिवसका अवसर पारेर ‘शहीद कल्याण कोष’ स्थापना गर्ने निर्णय गरेको छ। त्यसैगरी यही माघ १६ गते केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा जिल्ला सदरमुकाममा सदस्यता अभियानको समीक्षा बैठक गर्ने निर्णयसमेत गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।