काठमाडौं : डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन्। धादिङ अस्पतलामा कार्यरत धौभडेल घर विदामा आएकी थिइन्। उनी काठमाडौं महान...
जाजरकोट : जाजरकोटमा अनुमतिबिना क्रर्सर उद्योग सञ्चालन भएको पाइएको छ। जिल्लाको भेरी नगरपालिका-१० भुरचौर नजिकै दर्ताबिना क्रर्सर उद्योग सञ्चालनमा आएको हो।
छिच्चु–जाजरकोट सडकखण्डको पिच गर्दा सञ्चालनमा आएको क्रर्सर उद्योग अहिलेसम्म बिनादर्ता सञ्चालनमा आइरहेको छ। छिन्चु –जाजरकोट सडकखण्डमा निर्माण भइरहेको पुलको काम गर्ने निर्माण व्यवसायी दिलीप लामाले सो उद्योग सञ्चालन गरिरहेका हुन्। लामाले भने 'जाजरकोट जिल्लामा क्रर्सर उद्योग सञ्चालन नभएकोले बाहिरबाट सामान आयात गर्न समस्या छ, छिटो काम गनर्का लागि कम्पनीको विद्यानअनुसार भुरचौरमा क्रर्सर उद्योग सञ्चालन गरेर काम सुरु गरेको हो।'
नगरपालिकाभित्र कुनै पनि उद्योग सञ्चालन गर्नुअघि अनुमति लिनुपर्ने प्रावधान भए पनि भुरचौरको उद्योगले अहिलेसम्म अनुमति नलिएको भेरी नगरपालिका निर्मित प्रशासकीय प्रमुख दलबहादुर घर्तीले जानकारी दिए। भेरी नगरपालिकाले चिठी लेख्दासम्म उद्योगले कुनै प्रतिक्रिया दिएको भन्दै घर्तीले भने 'अब कार्यापालिकाको बैठक राखेर निर्णय गराई कारवाही प्रक्रिया अगाडि बढाइ छ, हामीले लेखेको पत्रको जवाफ नै दिएको छैन्।' जिल्लामा गिट्टी कुट्नका लागि केही स्थानीयले अनुमति लिए पनि अन्य उद्योग सञ्चालन गर्नका लागि कसैले पनि अनुमति नलिएको भेरी नगरपालिकाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले क्रर्सर उद्योग बारेमा अनुगमण जाँन लागेको बताउँदै भने 'हामी अनुगमन गरेर कानुनविपरीत नचलेको भए हदैसम्मको कारवाही गछौँ।'
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।