समाज : सुरक्षा/अपराध

लागुऔषधसहित आठजना पक्राउ

माघ ६, २०७५

    काठमाडौं प्रहरीले लागुऔषधसहित काठमाडौं, पर्सा, सुनसरी र सर्लाहीका विभिन्न स्थानबाट आठ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका -२६ मित्रनगरमा औषधि पसल संचालन गरी बस्ने तनहुँ व्यास नगरपालिका -७ घर भएकी ३० वर्षीया दुर्गा कुँवर र १९ वर्षीय मनिस कुमाललाई ट्रमा नामको लागुऔषध एक हजार एक सय १० ट्याब्लेटसहित पक्राउ परेका छन्।

    त्यस्तै,पर्सा वीरगंज महानगरपालिका- १६ स्थित रजतजयन्ती चोकमा काभ्रे बनेपा नगरपालिका-५ बस्ने २४ वर्षीय रामशरण गौतमलाई लागुऔषध नाईट्रोभेट एक सय पाँच एम्पुल र नाईट्रोसन ४० एम्पुल सहित पक्राउ परे।

    यसरी नै सुनसरी इटहरी उपमहानगरपालिका-५ बाट लागुऔषध डाइलेक्स डिसी एक सय चार बोतलसहित इटहरी उपमहानगरपालिका-४ मनकामना चोक बस्ने ४४ वर्षीया लक्ष्मी शर्मासहित तीन जना पक्राउ परेका छन्।     

    त्यसैगरी प्रहरीले सर्लाही मलंगवा नगरपालिका-४ स्थितबाट सिन्धुपाल्चोक ठोकर्पा नगरपालिका-१८ बस्ने १८ वर्षीय सनम लामालाई लागुऔषध नाईट्रोभेट एक सय १४  एम्पुलसहित आइतबार पक्राउ गरेको हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]