काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
काठमाडौं : प्रतिपक्षी नेपाली कांग्रेसको मागमा सहमति नजुटेपछि मंगलबार दिउँसो साढे ३ बजे बोलाइएको व्यवस्थापिका–संसद्को बैठक साँझ ५ बजेका लागि सारिएको छ।
भूकम्पपीडितलाई २ लाख रुपैयाँ एकमुष्ट राहत दिने सरकारी प्रतिवद्धता नआएसम्म संसद चल्न नदिने अडानमा रहेको प्रतिपक्षी नेपाली कांग्रेसले ४ दिनदेखि संसद अवरुद्ध पार्दै आएको छ।
विगत चार दिनदेखि अवरुद्ध हुँदै आएको सदनको कारबाही खुलाउने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका प्रमुख नेता सम्मिलित कार्यदल गठन गरिएको छ। सोमबार गठित कार्यदलले सामान्य छलफल गरेको भए पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन।
सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले मध्यमार्गी उपाय खोज्ने तयारी रहेको बताइन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।