समाज

बसले ठक्कर दिँदा दम्पतीको मृत्यु

असार १४, २०७३

    उर्लाबारी (मोरङ) : मोरङको विराटनगर–५ खार्जी चोकमा मंगलबार दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक दम्पतीको मृत्यु भएको छ। 

    इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ४३२६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २५ प ३९३९ नम्बरको मोटरसाइकललाई मध्याह्न ठक्कर दिँदा मोरङ तेतरिया–३ का मोटरसाइकल चालक तुलाराम थारु र उनकी पत्नी सीताकुमारी चौधरीको मृत्यु भएको हो। 

    ठक्करबाट गम्भीर घाइते दुवैको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]