अर्थ

उपत्यका बाहिर शाखा खोल्न ८ ब्रोकरलाई अनुमति

माघ २१, २०७५

    काठमाडौं : उपत्यका बाहिर शाखा कार्यालय स्थापनाका लागि  धितोपत्र बोर्डले प्रारम्भिक अनुमति  दिएको छ। असारभन्दा अगाडि शाखा कार्यालय खोल्न निवेदन दिएका मध्ये ८ वटा ब्रोकर कार्यालयलाई अनुमति दिइएको धितोपत्र बोर्डले जनाएको छ। 

    बोर्डले यसअघि शाखा नपुगेका तथा आर्थिक रुपमा सक्रियताको आधारमा सम्भाव्य जिल्लाहरु महेन्द्रनगर (कञ्चनपुर),  बिरेन्द्रनगर (सुर्खेत),  घोराही, तुलसीपुर (दाङ), भैरहवा (रुपन्देही) र जनकपुर (धनुषा) मा शाखावाट हुने गरि कार्यालय खोल्ने गरि आवश्यक पूर्वाधार तयार पार्ने निर्देशन दिएको हो। 

    चालु आर्थिक बर्षको असारयताका शाखा कार्यालय खोल्नको लागि निवेदन दिएका ब्रोकर कार्यालयहरुको लागि भने हाल संसोधनको प्रकृयामा रहेको धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता) नियमावली, २०६४ तयार नहुन्जेलको लागि रोक्ने भएको छ। उक्त नियममा हुने व्यवस्थाका आधारमा बाँकीलाई अनुमति प्रदान गर्ने बोर्डले जनाएको छ। 

    नेपाल धितोपत्र बोर्डले कुन कुन ब्रोकर कार्यालयले अनुमति प्रदान गरेको जानकारी नदिए पनि गत असार भन्दा अगाडि इम्पेरियल सेक्युरिटजले कर्णली प्रदेशका लागि, कालिका सेक्युरिटिजले दाङको तुलसीपुरमा, सुमेरु सेक्युरिटिजले जनकपुरमा, भिजन सेक्युरिटिजले दाङको घोराही र भैरहवामा, आर्यतारा सेक्युरिटिजले भैरहवा र दाङमा, डाइनामिक मनी म्यानेजर सेक्युरिटिजले पोखरामा, प्रिमियर सेक्युरिटिजले भरतपुरको चितवनमा, नासा सेक्युरिटिजले एकैपटक जनकपुर, दमक र पोखरामा, श्रीहरि सेक्युरिटिजले विराटनगर, दमक, वीरगञ्ज र वुटवलमा शाखा खोल्न निवेदन दिएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]