विश्व

मुस्लिम राष्ट्र युएईमा पोप फ्रान्सिसको ऐतिहासिक भ्रमण

माघ २२, २०७५

    अरब मुस्लिम राष्ट्र युनाइटेड अरब इमिरेट्सको अबुधाबी रंगशालामा मंगलबार पोप फ्रान्सिस पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन्। रंगशालाभित्र र बाहिर गरी करिब एक लाख ७० हजार क्याथोलिक धर्मावलम्बी भेला हुने अपेक्षा गरिएको छ।

    जायाद स्पोर्ट्स सिटी रंगशालामा प्रवेश गर्दै पोप फ्रान्सिसलाई त्यहाँ उपस्थित ठूलो जनसमूहले भ्याटिकनका झण्डा र ब्यानरले स्वागत गरेका थिए। उहाँ रंगशालामा प्रवेश गर्दा मोटरमा सवार थिए।

    युनाइटेड अरब इमिरेट्सको छिमेकी मुलुक साउदी अरेबिया हो। साउदी अरेबिया इस्लाम धर्मको जन्मस्थल पनि हो। तर ठूलो छिमेकी मुलुक साउदीमा गैर-मुस्लिमलाई सार्वजनिक स्थलमा प्रार्थना गर्नसमेत प्रतिबन्धित गरिएको छ। अबुधाबीमा भने इसाई समुदायका व्यक्तिलाई प्रार्थना गर्न छुट दिइएको छ। सबै धर्मप्रति युएई उदार मानिएको छ।

    फ्रान्सिसले मंगलबार नै युएईको तीनदिने भ्रमण पनि समाप्त गर्दै छन्। पोपमा नियुक्त भएसँगै पोप फ्रान्सिसले इसाई धर्मका कट्टर विरोधी मुस्लिम विश्वमा समेत भाइचारा सम्बन्ध विस्तार गरेका छन्।

    रंगशालामा करिब ५० हजार क्याथोलिक समुदायका व्यक्तिहरूले पोप फ्रान्सिसलाई स्वागत गरेका थिए। उक्त समारोहमा केही यमनका इसाई धर्मावलम्बी पनि सहभागी थिए। झण्डै एक लाख २० हजार अरू रंगशाला बाहिर भेला भएका थिए। उनीहरूले भिडियो सेवाबाट रंगशाला भित्रका गतिविधि हेरेका थिए।

    युएईले 'सहिष्णुता वर्ष २०१९' को अवसर पारेर पोप फ्रान्सिसलाई आफ्नो मुलुकको भ्रमणमा निम्त्याएको हो। सहिष्णुता मन्त्री शेख नाहयान बीन मुबारकले पोप फ्रान्सिस रंगशालामा प्रवेश गर्नुअघि उपस्थित धर्मावलम्बीलाई स्वागत गरेका थिए। पोप फ्रान्सिसको भ्रमणलाई फिलिपिनी र भारतीयसमेत युएईमा रहेका आप्रवासी क्याथोलिक समुदायले स्वागत गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]