खेलकुद

माउरिन्होलाई एक वर्ष जेल, बीसलाख युरो जरिवाना

माघ २३, २०७५

    रियल म्याड्रिड तथा म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक जोसे माउरिन्हो स्पेनिस अदालतमा कर छली आरोपमा दोषी देखिएका छन्। स्पेनमा कर छलीको आरोपमा उनलाई एक वर्षको जेल सजाय सुनाइएको छ। उनलाई बीसलाख युरो जरिवाना पनि तोकिएको छ।

    स्पेनिस अदालतले तोकेको एक वर्षको जेल सजाय माउरिन्होले स्वीकार गरेका छन्। तर स्पेनी कानुनअनुसार गम्भीर प्रकृतिका हिसांत्मक घटनाबाहेकमा दुई वर्षको जेल सजाय पाएका कुनै पनि व्यक्तिले जेलमा बस्न नपर्ने व्यवस्था छ। यसकारण माउरिन्होले पनि जेलमा  बस्नु पर्ने छैन। 

    सन् २०११ देखि एक वर्ष रियल म्याड्रिडको प्रशिक्षक रहँदा इमेज राइटको आम्दानीमा कर छलेको आरोप उनलाई लागेको थियो। पछिल्ला केही सिजन माउरिन्हो इंग्लिस क्लमा आबद्ध भए पनि उनले कुनै चामत्कारिक नतिजा नदिँदा उनी अहिले फुर्सदमा छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]