काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई गलत देखाउन कांग्रेसले सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। कांग्रेसले स...
काठमाडौं : कृषि तथा पशुपंक्षि विकास मन्त्री चक्रपाणि खनालले खाद्यान्नमा विषादीको प्रयोग डरलाग्दो अवस्थामा नभएको भन्दै अनुमानको आधारमा विश्लेषण नगर्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदले राखेको जिज्ञासालाई सम्बोधन गर्दै उनले प्रचारमा आएजस्तो गरी खाद्यान्न, तरकारी तथा फलफूलमा विषाधीको प्रयोग नभएको दाबी गरेका हुन्। उनले हालै गरिएको ७ सय वटा नमुनामध्ये दुईवटा नमुना मात्रै विषादीयुक्त फेला परेको भन्दै अन्य नमुना खान योग्य रहेकाले विषाधीको प्रयोग भयाभव अवस्थामा नरहेको स्पष्ट पारे। काभ्रे, सिन्धुपाल्चोक र नुवाकोटलगायत व्यवसायीक खेती हुने स्थानमा विषादीको धेरै प्रयोग भएको पाइए पनि खानै नहुने गरी तरकारीमा विषाधी प्रयोग नभएको दाबी उनले गरे। विषादीलाई पूर्णतः निषेध गर्न सकिने अवस्था तत्काल नरहेको भन्दै उनले घरेलु विषादीलाई प्रोत्साहन गर्दै विषाधी प्रयोगलाई विस्थापित गर्दै लैजाने रणनीतिमा मन्त्रालय लागेको स्पष्ट पारे।
सांस रामबहादुर विष्टले विषादीरहीत खाद्यान्न, फलफूल तरकारी जनताले कहिलेदेखि खान पाउँछन् ? भनी प्रश्न गरे। उनले अत्याधिक विषादी प्रयोग भएको खाद्यान्नका कारण प्राणघातक रोग लाग्ने गरेको भन्दै त्यस्तो रोग लागेर मृत्यु हुनेको परिवारलाई राहतको व्यवस्था सरकारले गर्न सक्छ? भनी पुरक प्रश्न गरे।
सांसद लक्ष्मी परियार, राजेन्द्र कुमार केसी, राजेन्द्र प्रसाद लिङ्देन , डाक्टर मिनेन्द्र रिजाल, देवेन्द्रराज कँडेल लगायतले नेपाललाई विषादीमुक्त देश घोषणा गर्दा कस्तो होला? विषादीरहित कहिले सम्म घोषणा गरिन्छ? भनी प्रश्न गरेका थिए।
सांसद लिङ्देनले सिमाना पारीका नेपालीलाई मात्रै लक्षित गरेर अत्याधिक विषादी प्रयोग गरिएका तरकारी उत्पादन गरी नेपाल आउने गरेको भन्दै त्यस्ता तरकारीको चेकजाँच गर्ने व्यवस्था छ कि छैन भनी प्रश्न गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।