जनकपुरधाम : जनकपुरधाममा एक महिला र बालिकाको शव जलेको अवस्थामा फेला परेको छ। जनकपुरधाम उपमहानगर-१६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा...
बाँके : अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश ५ सम्पर्क कार्यालय नेपालगन्जले चार जना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ। डिभिजन वन कार्यालय, बाँकेमा कार्यरत चार जना कर्मचारीलाई आयोगको टोलीले बुधबार साँझ साढे ६ बजे घुससहित नेपालगन्जस्थित स्नेह होटेल नजिकबाट नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट दश हजार रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ। पक्राउ पर्नेमा रेन्जर जगबीर केसी, फोरेस्टर बहादुर केसी र केशब बहादुर ओली रहेका छन्। त्यसैगरी, वनरक्षक हरिबहादुर चन्दलाई पनि अख्तियारको टोलीले पक्राउ गरेको सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।