समाज

गेष्ट हाउस भित्र बेश्यावृति गराउने पक्राउ

माघ २४, २०७५

    भक्तपुर : सूर्यविनायक नगरपालिका ८ आदर्शमा कस्तुरी चमेना गृह गेष्ट हाउसमा सञ्चालकसहित चार महिला र एक पुरुषलाई बेश्यावृति गरेको आरोपमा पक्राउ गरेको छ।

    पार्वती भन्ने गोमा गोतामेले संचालन गरेको कस्तुरी चमेना गृह गेष्ट हाउसको कोठामा बेश्यावृति हुने भन्ने प्राप्त गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जनाकारी दिए।

    गेष्ट हाउसमा प्रहरीले खानतलासी गर्दा कोठामा चार महिला र एक पुरूष गरी पाँच जनालाई अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा फेला परेकोथियाे। कोठाभित्र अन्य प्रमाण समेत बरामद गरी गेष्ट हाउस संचालिका नुवाकोट रालुकादेबी गाविस ६ भई हाल काठमाडौं कोटेश्वर बस्ने ४५ वर्षीया पार्वती भन्ने गोमा गोतामेलाई समेत पक्राउ गरी सम्मानित जिल्ला अदालत भक्तपुरमा सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसुरअन्तर्गत मुद्दा चलाएको प्रनाउ पोखरेलले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]