समाज

नि:शुल्क झुल पाएपछि खुसीले दंग

विपन्न तथा गरिब परिवारलाई झुल वितरण

माघ २५, २०७५

    भद्रपुर, (झापा) : लामखुट्टे जन्य रोगबाट बच्न झुल पाएपछि हल्दिवारी गाउँपालिका ३ स्थित ढडुवाबासी दंग परेका छन्। विपिन्न, गरिब तथा आर्थिक अवस्था कमजोर भएका परिवारले झुल बिना राती सुत्दै आइरहेको अवस्थामा एक थान झुल हातमा पाएपछि स्थानीय रत्नमाया त्रिखत्री हर्षित मुद्रामा देखिइन्।

    ‘हातमुख जोर्न हम्मेहम्मे परेको बेलामा झुल पायौँ’, उनले भनिन्, ‘अबदेखि राति झुल टाँगेर सुत्छु र लामखुट्टेजन्य रोगबाट पनि मुक्त हुन्छु।’ उनीलगायत ढडुवाका १२१ घरपरिवारलाई नेकपा निकट युवा संघ नेपाल झापा ३ नम्बर क्षेत्रीय समितिले एक कार्यक्रमबीच बिहीबार नि:शुल्‍क झुल वितरण गरेका हुन्। सामाजिक उत्थान तथा नागरिक दायित्वअन्तर्गत विपन्न तथा गरिब परिवारलाई झुल वितरण गरिएको संघका क्षेत्रीय अध्यक्ष बासु वनले जानकारी दिए। प्रत्येक घरपरिवारलाई एक थानको दरले झुल वितरण गरिएको उनले बताए।

    हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा नम्बर ३ की वडा अध्यक्ष रोशनी शिवाकोटी, युवा संघ १ नम्बर प्रदेश सदस्य महेशलाल मेचे लगायतले उनीहरूलाई झुल वितरण गरेका थिए।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]