विश्व

भारतमा विषाक्त मदिरा सेवनबाट २८ को मृत्यु, कैयौँको अवस्था गम्भीर

माघ २५, २०७५

    भारतका तीन राज्यमा विषाक्त मदिरा सेवनबाट २८ जनाको मृत्यु भएको छ। बिहार, उत्तर प्रदेश र उत्तरखाण्ड राज्यमा विषाक्त मदिरा सेवनले अन्य कैयौँ गम्भीर बिरामी परेका छन्। उक्त घटनाको छानबिन गर्न युपी सरकारले आदेश दिएको छ भने बिहार र उत्तराखण्डले पनि कारबाही प्रक्रिया सुरु गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

    युपीको सहारनपुर जिल्लाको देवबन्द क्षेत्रमा विशाक्त मदिरा सेवनले पाँच जनाको मृत्यु भएको छ भने १० जना गम्भीर बिरामी परेको छन्। गम्भीर बिरामी परेका सबैलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको भारतीय समाचार संस्था आजतकको अनलाइन संस्करणले जनाएको छ।

    उत्तर प्रदेशको कुशीनगरमा पनि विषालु मदिराको सेवनबाट ९ जनाको मृत्यु भएको छ। उक्त घटनाको आदित्यनाथ योगी सरकारले छानबिनका लागि आदेश दिनुका साथै सरकारी अधिकार र चार जना सुरक्षाकर्मीलाई निलम्बन गरेको छ।

    त्यस्तै, उत्तराखण्डको रुडकीमा विषाक्त मदिरा सेवनकै कारण १२ जनाको मृत्यु भएको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ। उक्त घटनालाई लिएर उत्तराखण्ड सरकारले १३ सरकारी अधिकारी र चार प्रहरीलाई निलम्बन गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]