महोत्तरी : बर्दिबास नगरपालिका–३ कालापानी जंगलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बाप्र ०२–०४३ प ...
चितवन : ट्रकले मोटरसाइकललाई ठक्कर दिएर चितवनमा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगगरपालिका १३ का ५३ वर्षीय शुकदेव कोइराला र उनकी ४८ वर्षीय श्रीमती अम्बिका कोइराला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नारायणगढबाट गीतानगरतर्फ जांँदै गरेको ना ४ ख ४९८२ नम्बरको ट्रक ले सोही दिशातर्फ गइरहेको ना ४२ प ४२३ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ६ बजे ठक्कर दिएको थियो। सोही समयमा विपरीत दिशाबाट आएको ना ७ ख १५६० नम्बरको बसले किच्दा मोटरसाइकलनमा सवार उनीहरू दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने ट्रक, बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।