राजनीति

नेकपा एकीकरण कार्यदलले अध्यक्षद्वयसँग समय माग्ने

File Photo
माघ २५, २०७५

    काठमाडौं : पार्टी एकताका लागि गठन भएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्यदलले अध्यक्षद्वयसँग समय थप गर्न अनुरोध गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको कार्यदलको बैठकले सहमतिमै प्रतिवेदन पेश गर्ने गरी अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'सँग समय थप गर्न अनुरोध गर्ने र पूर्ण प्रतिवेदन बुझाउने सहमति गरेको हो।

    कार्यदलले पार्टीका बाँकी संगठन एकीकरणको प्रस्ताव, विधानमा भएका त्रुटि सच्याउने, प्रदेश कमिटी गठनको निर्णयमा हेरफेर र केन्द्रीय सदस्यहरूको कार्यविभाजन प्रस्ताव तयार गरी केही दिनभित्रै प्रतिवेदन बुझाउने सहमति गरेको कार्यदलका सदस्य लेखराज भट्टले जानकारी दिए। बिहीबारको बैठकमा सहमति नभएपछि कार्यदलको बैठक शनिबार फेरि बसेको हो। 

    बैठकमा सबै विषयवस्तुलाई समेटेर प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउन कार्यदलका संयोजक रामबहादुर थापा बादललाई सदस्यहरूले सुझाव दिएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]