राजनीति

बागमती सफाइ महाअभियानको ३००औँ हप्तामा विशेष कार्यक्रम

फाइल फोटो
माघ २६, २०७५

    काठमाडौं : बागमती सफाई अभियानको ३००औँ हप्ताको अवसरमा राजधानी काठमाडौंमा विशेष कार्यक्रम गरिएको छ।

    शनिबार काठमाडौंको शंखपार्कमा गरिएको बागमती सफाई महाअभियानको ३००औँ हप्ताको विशेष कार्यक्रममा सरकारका मन्त्रीहरू, सफाई अनियानका अभियन्ताहरू, नागरिक समाजका अगुवा, सर्वसाधरण लगायतको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, खानेपानी मन्त्री बिना मगर र वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेत सहभागी थिए। प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिए पनि अन्तिम समयमा उनी स्वास्थ्यका कारणले उपस्थित हुन सकेन्। कार्यक्रमलाई सम्बोधन गर्दे खानेपानी मन्त्री बिना मगरले बागमती सरसफाई महाअभियानले आम नेपाली जनतालाई सरसफाइको महत्व र प्राकृतिक सुन्दरताको अपरिहार्यतालाई दर्शाउन सफल भएको बताइन्।

    शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले धर्तीलाई जननी मान्ने धार्मिक विश्वास रहिआएको भन्दै जन्मदिने जननीलाई फोहर गर्न नदिन सबै नेपाली उद्त हुनुपर्नेमा जोड दिए। कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ४ सय ४० वटा सौर्य बत्तीको उद्घाटन गरेका थिए। त्यसैगरी सरसफाई अभियानका अभियन्ताहरुलाई कार्यक्रममा सम्मान पनि गरिएको थियो। निरन्तरको झरिका बाजजुत पनि कार्यक्रममा सर्वसाधरण र अभियन्ताहरूको उल्लेख्य उपस्थिति थियो।

    सरसफाई कार्यविधि

    संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धी कार्यविधि ल्याएको छ। बागमती सफाई महाअभियानको ३०० औँ हप्ताको विशेष कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री ज्ञवालीले कार्यविधिको विमोचन गरेका हुन्।

    बढ्दो शहरीकरण, अव्यवस्थित बस्ती विकास तथा सार्वजनिक स्थलको अक्रिमणबाट सडक, गल्ली तथा धार्मिक, सांस्कृति, प्राकृतिक एवं वातावरणीय सम्पदाको रुपमा रहेका सार्वजनिक स्थलहरु नदी, खोला, नाला, पोखरी, ताल तलैया, पार्क, उद्यान एवं धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहर, खुलास्थान तथा अन्य सार्वजनिक स्थलको सरसफाई थप प्रभावकारी बनाउन सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ७ अनुसार कार्यविधि ल्याएको हो।

    कार्यविधिमा विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक एवं अन्य धरोहर तथा सडक, नदी नाला लगायतको सरसफाई गर्ने पने जिम्मेवारी गाउपालिका तथा नगरपालिकाको रहेको छ। त्यसका लागि स्थानीय सरकारले विभिन्न अभियान संञ्चालन गर्न सक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले बताए।

    सरसफाई बृहत अभियान भएकाले कार्यविधिमा स्थानीय सरकारदेखि आम नागरिकको सक्रिय सहभागीता तथा स्थानीयतहका अन्य सरकारी कार्यालय, गैह्सरकारी संघ संस्थासंगको सहकार्य  र समन्वयलाई पनि प्राथमिकता दिइएको छ।

    आज वाग्मती नदी सफाइ अभियानको ३००औँ हप्ता 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]