काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। बुधबार १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको...
काठमाडौं : नेपाल उद्योग परिसघंले नेपाल उद्यमशीलता सम्मेलनको तयारी पूरा भएको जनाएको छ। सातै प्रदेशमा औद्योगिक वातावरण सिर्जना गर्ने उद्दश्यका साथ काठमाडौँमा गर्न लागिएको नेपाल उद्यमशीलता सम्मेलनको तयारी पूरा भएको परिसघंले जनाएको हो।
अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विशाल मिडिया ग्रुप र परिसघंको संयुक्त आयोजनामा आगामी फागुन २ गते काठमाडौंमा सम्मेलन गर्न लागिएको हो। सम्मेलनमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधि, विज्ञ, विद्यार्थी तथा सातै प्रदेशका उद्योगमन्त्रीसहित ४ सय जना प्रतिनिधिको सहभागिता रहने निश्चित भएको परिसघंका अध्यक्ष हरिभक्त शर्माले आइतबार पत्रकार सम्मेलन माफ्त जानकारी दिए।
सम्मेलनमा उद्यमशीलता प्रवद्र्धनका क्षेत्रमा कार्यरत विभिन्न १५ जना अतिथि वक्ता तथा उद्यम गरी सम्मानीत स्थानान पुगेका ६ जना सफल उद्यमीहरुले कार्यपत्र प्रस्तुत गर्ने परिसघंका अध्यक्ष शर्माले बताए। उद्यमशिलतालाई आर्थिक सम्बाहकको रुपमा पहिचान गर्दै देश भरिबाट सहभागि हुने युवा, युवा उद्यमी बीच अन्तरसंवाद गराउदै विदेशमा रहेका युवालाई स्वदेशमा उद्यम व्यवसाय गर्न सम्मेलनले सहयोग पुग्ने परि संघका अध्यक्ष शर्माले जानकारी दिए।
सम्मेलनमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, अर्थमन्त्री, मन्त्रीहरू, पूर्वमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसहित ७ वटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीहरू तथा प्रदेशका उद्योगी, सफल उद्यमी, युवा उद्यमी र विज्ञबीचमा छलफल हुने परिसंघले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।