छापा

उमेर नपुगेकी प्रेमिकासँग यौन सम्पर्क, ८ वर्ष जेल

फागुन १, २०७५

    काठमाडौं : प्रेमिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि उमेर नपुगेका आधारमा जिल्ला अदालत ललितपुरले एक युवकलाई आठ वर्ष कैद सजाय सुनाएको छ।

    किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ। युवक र किशोरी दुवैले मन पराएर प्रेम सुरु भएको र सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका छन्। अदालतले पनि उनीहरू कानुनबारे जानकार नभएको अनुमान गरेको छ। वागमती–४ स्याउलेका दीपेन्द्र लामालाई अदालतले जेल तोकेको हो।

    कानुनी अज्ञानतावश त्यस्तो भएको हुन सक्ने निष्कर्षमा अदालत पुगेको छ। जिल्ला न्यायाधीश डा रमेशप्रसाद रिजालको इजलासले १४ वर्ष मुनिका किशोरीसँग सहमतिमै यौनसम्पर्क भए पनि कानुनले त्यसलाई बलात्कार मानेको छ भन्ने खबर अन्नपूर्ण पाेष्ट दैनिकमा छ। फाैजदारी न्यायमा कानुनकाे अनभिज्ञता क्षम्य हुँदैन भन्ने  सिद्धान्त रहेकाे अदालतका अधिकारी बताउँछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]