समाज

पोखरा–बागलुङ सडक आजदेखि दैनिक साढे छ घण्टा बन्द

फागुन १, २०७५

    पर्वत : मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड बुधबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ। सडकको मोदी गाउँपालिकाको डिमुवादेखि बेतनी बीचको माहुरी भीर, कुश्मा नगरपालिका–८ को चुवा र कुश्मा नगरपालिका–२ अर्मादीको भीरमा कटान गर्ने भएकाले बाटो बन्द हुने सडक निर्माण कम्पनी लामा कन्स्ट्रक्सन प्रालिले जनाएको छ।

    कम्पनीका अनुसार बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म र अपराह्न साढे ४ बजेदेखि  साँझ साढे ६ बजेसम्म बन्द गर्ने सडकमा आवतजावत बन्द गरिने छ। जिल्ला प्रशासन कार्यालय पर्वतले यसअवधिमा बैकल्पिक सडक खोल्न सकिने ठाउँहरुमा बैकल्पिक सडक निर्माण गरी यातायात सेवालाई सञ्चालन गराउने तयारी गर्न मध्यपहाडी लोकमार्ग कार्यान्वयन इकाइ र निर्माण कम्पनीलाई व्यवस्था गर्न आग्रह गरेको छ। 

    आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरोन्नतिको काम लामा कन्सट्रक्सन प्रालिले जिम्मा लिएको छ। अहिलेसम्म ३३ प्रतिशत काम सकिएको कम्पनीका म्यानेजर गोविन्दप्रसाद भुसालले जानकारी दिए। उनले भने, ‘असारसम्म ९० प्रतिशत काम सक्ने लक्ष्यसहित काम गरिरहेका छौं।’

    मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा–बागलुङ सडकखण्डको स्तरोन्नति गर्ने काम तीव्र पारिरहेको छ। सवारी साधनको चापका साथै साँघुरो सडकमा ठाउँठाउँमा जाम समेत हुने गरेको थियो। साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]