समाज

२१ फोटोमा हेर्नुस् काठमाडौंमा यसरी हुँदैछ रोपाईं

असार १५, २०७३

    काठमाडौं  :  बुधबार असार १५ गते। आजको दिनलाई सरकारले धान दिवसको रुपमा बिभिन्न कार्यक्रम गरी मनाउने गरेको छ।

    असार महिना किसानहरुका लागि मानो छरेर मुरी उब्जाउने समय भनेर चिनिन्छ। नेपालको मुख्य खाद्यान्न बाली धानको रोपाईं यही महिनामा हुने भएकाले किसानहरु बढी नै ब्यस्त हुन्छन्। यो समयमा किसानहरु बिहानदेखि साँझसम्म नै खेतको काममा ब्यस्त हुन्छन्।

    ललितपुर कार्यविनायक नगरपालिका १२ दत्तीमा रोपाई भइरहेको छ। मंगलमान महर्जनको खेतमा पाँच जना  खेत तयार पार्न खटिएका छन्। उनीहरु आली लगाउने, खेत खनेर बाहुसे गर्ने, खेतका गह्राहरु सम्याउने, मुसाले पारेका प्वाल टाल्न ब्यस्त छन्। आठ जना रोपाहारहरु पछि पछि धान रोप्दैछन्।

    काठमाडौं उपत्यकामा गोरु जोत्ने परम्परा नभएकोले खनेरै खेत तयार पारिएको छ। बाग्मतीबाट विजुली मोटरको सहायताले पानी तानेर खेतमा लगिएको छ। ‘बिहानैदेखि चाहिएजति पानी तान्न सकिन्छ, त्यसैले आकाशको पानीको भर पर्नुपरेको छैन’ मंगलमानले भने।

    सवा १ बजेतिर खाजा खाने बेला भयो। रोपाहार र लाठेहरुले खाजाको रुपमा आलु र छ्याङ खाए। लगत्तै उनीहरु हिलोमा पसिहाले। रोपाहारहरु धान रोप्दै नेवारीमा गीत गाइरहेकी छिन्। युवतीहरु भने धान रोप्दारोप्दै मोवाइल चलाउन पनि भ्याउँछन्।

    डिलमा थकाइ मारिसकेपछि हिलो खेलेर रमाइलो गर्न पनि विर्सदैनन् उनीहरु। यसपाली असार सुरु भएदेखि नै मनसुन सक्रिय भएकाले धान फल्नेमा मंगलमान ढुक्क छन्।

    हेर्नुस् दिपक केसीले खिचेका फोटोहरु : 

जयसिंह महरा

महरा २०७६ मंसिर १५ सम्म थाहा खबरमा कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]