काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भ...
प्रधानमन्त्रीको सम्बोधन पूर्णपाठसहित
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार देशवासीका नाममा सम्बोधन गरेका छन्। सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले देशवासीका नाममा सम्बोधन गरेका हुन्। सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारका कदम सकारात्मक दिशामा रहेको र परिणाम दिन थाल्ने बताएका छन्। उनले मन्त्तव्यका क्रममा नेपाली जनताले सधैं निराशाबीच बाँच्नु नपर्ने पनि बताए।
सिंहदरबारस्थित ग्यालरी बैठकमा अपराह्न ४ बजेबाट सुरु भएको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गरेका हुन्। सम्बोधन समारोहमा मन्त्री र सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरूको सहभागी थिए।
प्रधानमन्त्रीको मन्तव्यमा सरकारको १ वर्षको यस कार्यकालमा २५ कानून संघीय संसदबाट पारित भइसकेका छन्। ५ अध्यादेशहरू जारी भएका छन्। २३ विधेयकहरू संघीय संसदमा प्रस्तुत भई विचाराधीन छन्। २४ विधेयकहरू संघीय संसद समक्ष प्रस्तुत गर्न अन्तिम तयारी भइरहेको, ४७ नियमावलीहरू र ७ गठन आदेशहरू जारी भएको र एक वर्षमा ३३ निर्देशिका, कार्यविधि र मापदण्ड जारी भएको उल्लेख छ।
यसैगरी हाल कार्यान्वयनमा रहेका ३३९ कानून मध्ये संविधानले नचिन्ने र संविधानसँग मेल नखाने कानुनलाई संविधान सम्मत तुल्याउने, संविधानले माग गरेबमोजिम नयाँ कानून निर्माण गर्ने,संविधान सम्मत नभएका १६५ ऐन संशोधनको प्रक्रियामा रहेको बताइएको छ।
नेपाल पक्ष भएका विभिन्न ९५ बहुपक्षीय तथा द्विपक्षीय अन्तराष्ट्रिय सन्धि सम्झौता सम्पन्न भएको द्विपक्षीय, वहुपक्षीय सन्धि सम्झौता, दातृ संघ–संस्थाहरूसँग सम्पन्न गरिने (ऋण तथा अनुदान) सम्झौताका १०८ मस्यौदा तयार भएको पनि प्रधानमन्त्रीले बताएका छन्।
यस्तै राजनीतिक अधिकारका मुद्दाहरु आधारभूत रुपमा हल भएकोले मुलुकमा अहिले समृद्धिको तिर्खा छ। त्यसैले मैले यस सरकारको प्रतिवद्धता ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने गरेको हुँ भनेर प्रधानामन्त्रीले स्पष्ट पारे।
उनले अहिले, पहिले कहिल्यै भन्दा लगानी प्रवद्र्धनका लागि उपयुक्त वातावरण सिर्जना भएको दावी गर्दै श्रम कानूनमा परिमार्जन सहित लगानीमैत्री वातावरण निर्माणका लागि आवस्यक पर्ने विभिन्न १३ ऐन, नियम, निर्देशिका निर्माण÷परिमार्जनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।
मन्तव्यका सिलसिलामा प्रधानमन्त्रीले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, औद्योगिक व्यवसाय ऐन, विदेशी विनिमय (नियमित गर्ने) ऐन लगायतका कानूनहरूलाई लगानी अनुकुल हुने गरी परिमार्जन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको र द्विपक्षीय लगानी संरक्षण सम्बन्धी नमूना संझौता तयार भएको पनि बताए।
ऊर्जा उत्पादन र प्रशारणका ठूला परियोजनाहरू निर्माण, औद्योगिक क्षेत्रको विस्तार, विशेष आर्थिक क्षेत्र स्थापना गरी लगानी अनुकुल वातावरण निर्माण गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै ओलीले भने उद्योग दर्ता देखि वहिर्गमन सम्मका सेवा सुविधाहरु एकै स्थानबाट उपलब्ध गराउने एकल विन्दु सेवा केन्द्र स्थापना तथा सञ्चालन गर्ने तयारी पूरा भएको छ।
उनले सरकार, अहिले स्वदेशी मात्रै हैन,वाह्य र अन्तरदेशीय लागनीकर्ताहरुलाई समेत नेपालमा लगानीको लागि अव्हान गरिरहेको छ। स्वीट्जरल्याण्डको डावोसमा विश्व आर्थिक मञ्चमा स्थापनको ५० वर्षमा पहिलो चोटी नेपालका प्रधानीमन्त्रीलाई आमन्त्रण गरिनुलाई पनि यसै सन्दर्भमा लिन सकिने बताए ।
स्वायत्त थिङ्क ट्याङ्क संस्थाको रुपमा ‘नीति अनुसन्धान प्रतिष्ठान’ स्थापना गरिएको उल्लेख गरे र आफ्नो भनाईलाई अङ्कमा हैन भावमा सुन्न रुचाउनेहरुले ‘प्रधानमन्त्रीले तथ्याङ्क’ बोल्ने भन्दै जसलाई सरकारले गरेका प्रगतिले पोल्यो, उनीहरुले त्यसलाई ‘मिथ्याङ्क’को रुपमा होहल्ला गरेको आरोप लगाए। उनले "यस्तो सुनिन्थ्यो, नेपाल भन्ने एउटा यस्तो मुलुक छ, जहाँका जनताको नियति भनेकै विग्रेको, भत्केको, उजाडिएको सुन्नु हो। यस मुलुकमा पनि प्रगतिको अङ्क बोल्ने ? भन्दै निकै घोचपेच सुन्नु परेको गुनासो पनि गरे।
आफूलाई समस्याहरू छन् भन्ने थाहा भएको र "हामीले ज ति गरिरहेका छौं, त्यो पर्याप्त नभएको जानकारी रहेको बताउँदै जनताको विकासको तीर्खा र हाम्रो ‘डेलिभरी’ बीचको दूरी मेटाउनै पर्छ भन्ने बारेमा पनि मलाई राम्रो हेक्का छ। जनताको चाहना छ, विकासको गाडी पाँच नम्बर गियरमा कुदोस्। तर गेयर क्रमशः मात्रै बढाउन सकिन्छ भन्ने विनम्र आग्रह गर्दछु " प्रधानमन्त्रीले उल्लेख गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।