समाज

आश्रयस्थल निर्माणका लागि महायज्ञ

फागुन ४, २०७५

    पर्वत : तीर्थालु र ज्येष्ठ नागरिकलाई आश्रयस्थल निर्माण गर्ने उद्देश्यले पर्वतको कुश्मामा महायज्ञ आयोजना गरिएको छ। महायज्ञमा ७७ लाख ८५ हजार रुपैयाँ आर्थिक संकलन भएको छ। गायत्री आमा समूहले आश्रम भवन निर्माणका लागि यही माघ ७ गतेदेखि १४ गतेसम्म महायज्ञ सञ्चालन गरिएको थियो। 

    महायज्ञ आयोजक समितिका कोषाध्यक्ष पुष्पा पौडेलले आयव्यय सार्वजनिक गर्दै ७७ लाख ८५ हजार १०६ रुपैयाँ संकलन भएको बताइन्। महायज्ञमा सभानायक बनेका व्याक्तिहबाट ४० लाख ७० हजार रुपैयाँ संकलन भएको छ। मूल आयोजक, आयोजक, भेटी, धान चामल, दक्षिणा लगायतबाट ३७ लाख भन्दा बढी आम्दानी भएको छ। यसमध्ये मूल आयोजक २ हजार जनाबाट १२ लाख, आयोजक २१ हजारबाट दुई लाख २१ हजार, दानबाट दुई लाख ८३ हजार ५३० रुपैयाँ संकलन भएको छ। महायज्ञ सञ्चालनको क्रममा १६ लाख २१ हजार ३० रुपैयाँ खर्च भएको छ। यज्ञमा बोलकबोल गरेको करिव १० लाख रुपैयाँ संकलन गर्न बाँकी छ। 

    गतवर्षबाट गायत्री समूहले आश्रमको भवन निर्माण कार्य शुरु गरेको थियो। भवन बनाउँदै जाँदा आर्थिक समस्या भएपछि महायज्ञ आयोजना गरेको हो। समूहका अध्यक्ष सीतादेवी खत्रीका अनुसार भवन निर्माणको क्रममा हालसम्म ३९ लाख १० हजार ७६ रुपैयाँ खर्च भएको छ। भवन निर्माण पुरा गर्न ७० लाख रुपैयाँ खर्च हुने अनुमान थियो। महायज्ञले आफूहरूले लिएको लक्ष्य पूरा भएको खत्रीले बताइन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]