खेलकुद

वर्षाले बेहाल बनायो डिपिएल खेलमैदान, शनिबारका दुवै खेल स्थगित

फागुन ४, २०७५

    धनगढी : धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत शनिवारका दुवै खेल पानीले स्थगित भएको छ । काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सबीचको पहिलो खेल पनि वर्षाका कारण रद्द भएको थियो । धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीचको खेल पनि स्थगित भएको छ । लगातारको वर्षाले मैदानमा पानी जमेपछि खेल स्थगित भएको हो ।

    मैदानको खप्तड इन्डमा बढी मात्रामा पानी जमेको छ । त्यससँगै स्क्वायर लेगको पछिल्लो भागतिर पनि केही मात्रामा पानी छ। बिहीबार रातिदेखि परेको वर्षाका कारण मैदानमा पानी जमेको छ । शुक्रवार राति पुनः पानी परेपछि मैदान जलमग्न भएको हो ।  खेल स्थगित भएपछि दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । डीपीएलमा तीन खेल हारिसकेको धनगढीलाई प्लेअफमा पुग्न आजको खेल जित्नै पर्ने दबाब थियो । धनगढी प्लेअफमा नपुग्ने पक्का भएको छ।  चार खेलबाट धनगढीको १ अङ्क मात्र छ । काठमाडौँ ५ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]