राजनीति

अर्थ समितिको सभापतिका लागि नेकपाभित्रै लफडा

फागुन ४, २०७५

    जनकपुरधाम : प्रदेशसभाको ७ वटा समिति मध्ये ६ वटा समितिको सभापतिहरूले शनिबार सपथ ग्रहण गरेका छन्। दलीय भागबन्डाका आधारमा प्रदेश २ मा ७ वटा समिति मध्ये २/२ वटा संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेकपाले बाँडेका छन् भने नेपाली कांग्रेसले एउटा समितिको सभापति पाएका छन्।

    प्रदेश २ को संसदीय समितिको अर्थ तथा योजना समितिमा राजपाका मनिषकुमार सुमन, प्राकृतिक स्राेत तथा वातावरण समितिका नेकपाका रामचन्द्र मण्डल, महिला बालबालिका तथा सामाजिक न्याय समितिको सभापतिमा जयनुल राइन, प्रदेश मामिला समितिका अशोक यादव र विकास समितिका शेख अबुल कलाम, कृषि तथा भूमि व्यवस्थापन समितिको सभापतिका वीरेन्द्र सिंहले सपथ ग्रहण गरेका छन्। प्रदेशसभाको २ सभामुख सरोजकुमार यादवले ६ वटै समितिका सभापतिहरूलाई सपथ ग्रहण गराएका थिए।

    लेखा समितिमा नेकपाको लफडा

    प्रदेश २ प्रदेशसभाको सार्वजनिक लेखा समिति सभापति नेकपाको भागमा परेपनि नेकपाकै दुई सांसदले मनोनयन दर्ता गराएपछि लफडा भएको छ। समितिको शुक्रबार बसेको बैठकले फेरि उम्मेदवारी दर्ता प्रक्रिया थाल्ने निर्णय गरेको छ। समितिको अर्को बैठकबाट नयाँ उम्मेदवार वा मनोनयन दर्ता गराउने दुईमध्ये एउटालाई उम्मेदवार बनाउने निर्णय गरिने समितिका सदस्य रामकुमार यादवले जानकारी दिए।

    लेखा समितिको सभापतिका लागि नेकपाका तर्फबाट भरत साहले उम्मेदवारी दिएका थिए। पार्टीको निर्णयअनुसार उनले उम्मेदवारी दिएका थिए। यसैगरी नेकपाकै सांसद शत्रुधन महतोले स्वतन्त्र रुपमा उम्मेदवारी दिएपछि नेकपाभित्र विवाद भएको थियो। बिहीबार अबेरसम्म दुवै उम्मेदवारका प्रस्तावक तथा समर्थक नहुँदा उम्मेदवारी नै दर्ता भएको थिएन। पछि साहलाई पार्टीले प्रस्तावक र समर्थकको व्यवस्था गरिदियो भने महतोलाई फोरमले सघाएको थियो।

    साहको प्रस्तावकमा लगनलाल चौधरी र समर्थक रामकुमार यादव र महतोको फोरमबाट प्रस्तावक पारस प्रसाद साह र समर्थक नरेशकुमार यादव बनेपछि उम्मेदवारी दर्ता भएको थियो। तर रामकुमारले समर्थकका रुपमा आफूले हस्ताक्षर गरेको अस्वीकार गरेपछि साहको मनोनयनमा रित नपुगेको देखिएको थियो।

    यसअघि विवाद समाधान गर्न पुगेका सभामुख सरोजकुमार यादवसँग दुवै समूहको चर्काचर्कीपछि बिहीबार निर्धारित समय ५ बजेपछि मात्रै उनीहरूको मनोनयन दर्ता भएको थियो। सभामुखमाथि झन्डै हात हालाहालको अवस्था उत्पन्न भइसकेको थियो। लेखा समितिमा १३ सदस्य छन्। तीमध्ये नेकपाका ४, फोरमका ३, राजपाका ३ र कांग्रेसका ३ जना सदस्य छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]