पछिल्लो १० वर्षमा ३६ हजार आप्रवासीले डुबेर ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ। भएको बताएको छ। १० वर्षमा डुबेर मृत्यु हुने आप्रवासीक...
भेनेजुएलाका लागि मानवीय सहायता समाग्री बोकेर अमेरिकी सैन्य जहाज भेनेजुएलाको सीमा क्षेत्रस्थित कोलम्बियाको कुकुता सहर पुगेको छ।
भेनेजुएलाका प्रतिपक्षी नेता तथा स्वघोषित अन्तरिम राष्ट्रपति जुवान गुएदोको आग्रहमा अमेरिकाले मानवीय सहायता सामग्री पठाएको हो। तर भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले भने सो सहायता सामग्री अस्वीकार गर्दै त्यसलाई अमेरिकी षड्यन्त्रको हिस्सा भएको आरोप लगाएका छन्।
उता प्रतिपक्षी दलका कार्यकर्ताले भने अमेरिकाले पठाएको र आफ्नो देशको सेनाले सीमामै रोकिदिएको सहायता सामग्री जसरी पनि आगामी फ्रेबुअरी २३ भित्र राजधानी काराकास पुर्याउने दाबी गरेका छन्। अमेरिकी सहायता नियोग युएसआईडीका एक अधिकारी मार्क ग्रिनले भेनेजुएलामा बढिरहेको मानवीय सहायता संकट निरुपणका लागि प्रतिपक्षी दलका नेताको आग्रह अनुसार सो सामग्री कोलम्बियासम्म पुर्याइएको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ।
भेनेजुएलामा तत्काल राष्ट्रपतीय निर्वाचन हुनुपर्ने माग गर्दै चर्किएको आन्दोलनले त्यहाँ सबै प्रकारका संकटहरु बढ्दै गएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।