समाज : सुरक्षा/अपराध

३० किलो चरेससहित तीन जना पक्राउ

फागुन ५, २०७५

    काठमाडौं : बुटवल उपमहानगरपालिका ९ बसपार्कबाट करिब ३० किलो अवैध लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका ७ का ३६ वर्षीय राजकुमार स्याङ्तान, ३७ वर्षीय इन्द्रमान तामाङ र १९ वर्षीय शंकर तामाङ रहेका छन्।

    प्रदेश ५ प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले आलुसँग मिसाएर बोरामा लुकाइछिपाई ल्याएको अवस्थामा ३० किलो चरेशसहित उनीहरूलाई शनिबार साँझ पक्राउ गरेको हो।

    उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]