मनोरञ्जन

पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ गीतप्रति कांग्रेसले खोल्यो मुख

फागुन ५, २०७५

    काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अभिव्यक्ति स्वतन्त्रताका विषयमा सरकार गम्भीर नरहेको आरोप लगाएको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नागरिकको नैसर्गिक अधिकारको रक्षा गर्न नसकेको टिप्पणी गरे।

    पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता शर्माले भने, ‘पशुपति शर्मा जीको विषयको सन्दर्भमा मैले भन्नु यति नै छ, कति बलियो होला दुई तिहाइको सरकार एउटा गीतले पनि थर्र काँप्यो, बस यति भन्नु छ।’ उनले सरकार आफैले कतै युट्यवबाट हटायो वा हटाउनलाई  चेतावनीको विज्ञप्ति दियो भन्ने आफ्नो आशय नभएको बताए। 

    एउटा गायकले गीत प्रस्तुत गर्दैगर्दा आलोचित हुन वा प्रसंशीत हुन पाउने उसको नैसर्गीक अकिधकारको रक्षा सरकारले गर्न नसकेको उनको भनाइ छ।

    गायक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट् कान्छा...’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको थियो। शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेकै बेला हटाइएको थियो।

    सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माले यही विषयलाई गीतको मूल विषय बनाएका थिए। उनले फेसबुकमा स्टाटस लेख्दै आफूले राजनीतिक आग्रह या पूर्वाग्रह पालेर यो गीत नबनाएको उल्लेख गर्दै गीतमा समावेश केही शब्दहरूमा केही शुभचिन्तकहरूको असन्तुष्टि रहन गएकोले जुन–जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरूलाई परिमार्जन गर्ने बताएका थिए।

    ‘कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ठ्यारो पारेको खण्डमा म अन्तरहृदयदेखि माफी चाहन्छु,’ उनले भनेका छन्,‘मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो।  यसमा म पुनः प्रस्‍ट पार्न चाहन्छु।’

    शर्माले युट्युवबाट गीत हटाएपछि पक्ष र विपक्षमा सामाजिक सञ्जालमा बहस भई रहेको छ। केहीले शर्माले शब्द चयनमा कमजोरी गरेको बताएका छन् भने केहीले सरकारले आफ्नो आलोचना सुन्न नसकेर हटाउन दबाब दिएको बताएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]