काठमाडौं : ललितपुरको लुनिभा सेकेण्डरी स्कुलले दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। ललितपुर महानगरपालिका&ndash...
पाल्पा : निस्दी गाउँपालिका–७ मोटेखर्कमा ट्रिपरको ठक्करबाट आइतबार बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिका अन्तर्गतको सेरागाउँका ९ jर्षीया ममिता सारु जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए। यस्तै, सोही ठाउँकी ७ वर्षीया सुनिता बाह्रघरे घाइते भएकी छन्। उनको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक पोखरेलले बताए।
होंसी शिवम् सिमेन्ट उद्योगका लागि चुनढुंगा लिएर जाँदै गरेको रा १ ख १५११ नम्बरको टिपरको ठक्करबाट विद्यालय जाँदै गरेका बालिकालाई बिहान करीब ९ बजेतिर ठक्कर दिएको हो। ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पोखरेलले बताए।
यसैबीच स्थानीयले बालिकाको शव बाटोमै राखेर प्रदर्शन गरिरहेका कारण उद्योग खानी जाने बाटो पूर्ण रूपमा अवरुद्ध पारेका छन्। सडक खुलाउने प्रयासमा प्रहरी परिचालन गरिएको उनले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।