का\ठमाडौं : एसोसिएट क्रिकेटको एल क्लासिको मानिएको बहुप्रतिक्षित नेपाल र यूएईबीचको खेल आज हुँदैछ। ओमानमा जारी एसिसी प्रिमियर कपको सेमिफाइन...
फ्रान्सेली लिग अन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मन(पीएसजी)ले सेन्ट एटिएनलाई १-० ले पराजित गरेको छ। गएराति भएको खेलमा पीएसजीलाई जित दिलाउन किलियन एमबाप्पेको गोल निर्णायक रह्यो।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरी सकिएको थियो। तर दोस्रो हाफको ७३ औं मिनेटमा ड्यानी आल्भेसको पासलाई सदुपयोग गर्दै एमबाप्पेले गोल गर्दै पीएसजीलाई १-० ओ अग्रता दिलाए। त्यसपछि कुनै टोलीबाट गोल भएन र पीएसजी १-० ले विजयी भयो।
यद्यपि दुवै टोलीले केहि गोल गर्ने सुन्दर मौका भने सदुपयोग गर्न सकेनन्। जितसंगै पीएसजी २३ खेलमा ६२ अंक जोडेको छ भने २५ खेलबाट ५० अंक जोडेको लिल दोस्रो स्थानमा छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।