काठमाडौं : गोरखाको चुमनुब्री गाउँपालिका–१ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ। मनास्लु हिमालको बेसक्याममा हिमपहि...
काठमाडौं : नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले गायक पशुपति शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्। उनले जनताको बोली गायकले बोलेको भन्दै पुरस्कारको घोषणा गरेका छन्।
"फागुन महिनाको तलबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्दछु" सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अमरेशले भने। उनले दुई तिहाइको विरोधमा गीत बनाउन पाइन्छ भनेर सरकारले प्रतिबन्ध लगाउन खोजेको पनि आरोप लगाए। सांसद उमाशंकर अग्ररियाले गायक पशुपति शर्माको लुट कान्छा लुट गीत उच्चारण गर्दै धनुषामा ठूलो रकम घोटाला भएको बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।