काठमाडौँ : निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा ११८ वटा राजनीतिक दल छन्। संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा...
काठमाडौं : देशभक्त गणतान्त्रिक मोर्चाले आजदेखि मेचीमहाकाली जनजागरण अभियान थाल्दैछ।
राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका विषयलाई लिएर देशका विभिन्न चार शहरबाट एकैपटक अभियानको शुरुवात गरिने मोर्चाले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलको नेतृत्वमा रहेको मोर्चाले गर्न लागेको अभियान फागुन २१ गतेसम्म चल्ने बताइएको छ।
काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा नेकपा क्रान्तिकारी माओवादीका पार्टी महासचिव मोहन वैद्य ‘किरण’, झापाको काँकडभिट्टामा मोर्चाका अध्यक्ष सीपी गजुरेल, कञ्चनपुर महेन्द्रनगरको गड्डाचौकीमा परि थापा र कास्कीको पोखरामा मोर्चाका केन्द्रीय सचिवालय सदस्य केशबहादुर परियारले दिउँसो १२ बजे एकसैसाथ अभियानको उद्घाटन गर्ने कार्यक्रम छ।
राष्ट्रियता जनतन्त्र र जनजीवीकाका विषयहरुलाई लिएर अभियान सुरु गर्न लागिएको नेता सीपी गजुरेलले जानकारी दिए। सरकारका अलोकप्रिय कामप्रति जनतालाई सजग गराउन र नयाँ जनआन्दोलनको तयारी गर्न मेची महाकाली अभियान गर्न लागिएको नेता गजुरेलको भनाइ छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।