समाज

नदी दोहन नरोकेको भन्दै गाउँपालिकाका अध्यक्ष र कर्मचारीविरुद्ध अदालतमा उजुरी

फागुन ७, २०७५

    पर्वत :  मोदी गाउँपालिकामा रहेको रति खोलाको दोहन हुँदा पनि बेवास्ता गरेको भन्दै गाउँपालिका अध्यक्षसहित कर्मचारीविरुद्ध उजुरी परेको छ।

    रतिखोलाको न्यूरेनी बगरमा ढुङ्गा, बालुवा, गिट्टी जस्ता नदीजन्य वस्तुको उत्खनने अवैध भएको र उत्खननमा पनि चरम लापरबाही भएको भन्दै स्थानीय लोकेन्द्रजंग लामिछानेले गाउँपालिका प्रमुख प्रेम पौडेल, प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ, जिल्ला समन्वय समिति पर्वत, विल्ड वेल कन्सट्रक्सन प्रालिका सुरेश सुवेदीलाई विपक्षी बनाएर उच्च अदालत पोखराको बाग्लुङ इजलासमा मुद्दा दायर गरेका हुन्। 

    लामिछानेले विल्ड वेल कन्सट्रक्सन प्रालिले सम्झौतामा उल्लेखित नियमको उल्लघंन गर्दै रति खोला दोहनलाई तिव्र पार्दा समेत सम्बन्धित निकायहरुले बेवास्ता गरेको भन्दै उजुरीमा उत्प्रेषणयुक्त परमादेश माग गरेका छन्। यसअघि रतिखोला दोहनको विषयमा स्थानीयको चौतर्फी विरोधपछि जिल्ला समन्वय समिति पर्वतले नियम विपरीत कार्य गरेको भन्दै जरिवाना गरेको जनाएपनि कन्सट्रक्सन प्रालिले तोकिएको ठाउँ भन्दा विपरीत अन्यत्र ठाउँमा समेत ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य वस्तुको उत्खनन् गरिरहेको छ।

    सम्झौतामा श्रमीक लगाउँदै घरेलु औजारको प्रयोग गरेर मात्र नदीजन्य पदार्थ निकाल्न सकिने उल्लेख गरिएको भए पनि कन्सट्रक्सनले भने डोजर र एक्साभेटर प्रयोग गरिरहेको छ। रतिखोलामा दोहन हुँदा दलित वस्ती जोखिममा परेको मोदी गाउँपालिका–६ की स्थानीय देवी सुनारले बताइन्।  

    गाउँपालिकाका प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले भने स्थानीय सरकारको आम्दानी बढाउनका लागि रतिखोला उत्खन्न गर्न सम्झौता गरेको तर सम्झौता विपरीत कार्य गरेको भएमा त्यसलाई रोक्ने बताएका छन्।  
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]