स्वास्थ्य

कर्मचारी समायोजनविरुद्ध चिकित्सकको रक्तदान

फागुन ७, २०७५

    काठमाडौं : कर्मचारी समायोजन प्रक्रियामा असन्तुष्ट जनाउँदै आएको सरकारी चिकित्सक संघ मंगलबार माइतीघर मण्डलामा समायोजनको सांकेतिक विराेधस्वरुप  सामुहिक रक्तदान गरी विरोध जनाएको छ।

    चिकित्सक संघले सँगसँगै बाटो हिड्ने यात्रुलाईसमेत आफ्नो समायोजनमा विरोध जनाउनुको कारणबारे तयार पारिएको पर्चा र मास्क पनि वितरण गरेको थियाे। १२ बजेबाट शुरु भएको रक्तदान तथा मास्क वितरण कार्यक्रम तीन बजेसम्म गरिसकेको संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले बताए। उनले भने 'हाम्रो पूर्वनिर्धारित कार्यक्रमअनुसार आज हामीले समायोजनको सांकेतिक विरोधस्वरूप रक्तदान कार्यक्रम राखेका हौँ।'

    अध्ययन अनुसन्धानमा निरन्तर सहभागी भइरहनु पर्ने चिकित्सक सधैभरी स्थानीय तहमा रहन नमिल्ने भन्दै आफूहरूलाई संघ अन्तर्गत राखेर परिचालन गर्नुपर्ने सरकारी चिकित्सकको माग छ। तर, सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा चिकित्सक नपुग्नुको कारण केन्द्रबाट खटाउने प्रवृत्ति हो भन्दै समायोजन प्रकृयामा गरेको विरोधलाई गम्भिरतापुर्वक लिएको छैन।

    सरकारले गत पुस ३० मा गरेको सम्झौताविपरीत हुने गरी समायोजन गर्न थालेको आभाष पाएपछि दबाबका लागि विरोधका कार्यक्रम सार्वजनिक गर्नुपरेको, चिकित्साशास्त्र अरूभन्दा फरक विधा भएको भन्दै निरन्तर अध्ययन अध्यापन, तालिम सिकाइ हासिल गर्नुपर्ने विषय भएकोले संघबाट छुट्याएर प्रदेश तथा स्थानीय तहमा राख्न नमिल्ने, विरोधका कार्यक्रममा माग पूरा गर्न स्वास्थ्य मन्त्रालयमा हदैसम्मको ताकेता गर्ने, समायोजन विधेयक सच्याउन राष्ट्रियसभाका अध्यक्षलाई ताकेता गर्ने लगायतका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]