इलाम : इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका ५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्र...
काठमाडौं : प्रहरीले रौतहट र सर्लाहीबाट विभिन्न प्रकारका लागुऔषधसहित मंगलबार तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
रौतहटबाट पक्राउ पर्नेमा विहार पूर्वीचम्पारण थाना घोडासन पोष्ट बनकटवा ग्राम बकुलिया ५ का २६ वर्षीय मोहमद कलीमुल्लाह र सोही स्थानका २० वर्षीय मोहमद हैदर रहेका छन्। त्यस्तै सर्लाही पर्सा गाउँपालिका ४ बाट भारत सीतामढी पंचायत ३ बिहारका २३ वर्षीय बजरंगी शर्मा रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले ठूलो मात्रमा फेनारगन, डाइजोल्यब, नोर्फिन इन्जेक्सन र नाइट्रोभेट ट्याब्लेट बरामद गरेको प्रदेश २ का प्रहरी निरीक्षक मधु नेपालले जनाए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।