काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
ताप्लेजुङ : सदरमुकाम फुङलिङमा मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। अर्का एक जना भने गम्भीर घाइते छन्।
मृत्यु हुनेमा इलामको देउमाई नगरपालिका १ की २२ वर्षीया सृजना गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ। गम्भीर घाइते भएका चालक पाथीभरा याङ्वरक गाउँपालिका १ नाङ्खोल्याङ निवासी २५/२६ वर्षीय अमिर वर्देवाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको छ।
फुङलिङ बजारस्थित तमोर एफएम छेउवाट मेची राजमार्ग तर्फ जाने क्रममा ना. २१. प. ५६२८ को मोटरसाइकल सडकबाट मेची राजमार्गमा खसेर दुर्घटना भएको हो। मृतक गुरुङ सिँचाइ डिभिजन कार्यालय ताप्लेजुङकी सामाजिक परिचालक हुन् भने वर्देवा नृत्य प्रशिक्षक हुन्। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्लाप्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संञ्जयसिंह थापाले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।